आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
डबली विशेष

दुर्गा प्रसाई भन्छन्, प्रचण्डलाई आवश्यक परे घर मात्रै होइन, हरेक सहयोग गर्न तयार छु

दुर्गा प्रसाई भन्छन्, प्रचण्डलाई आवश्यक परे घर मात्रै होइन, हरेक सहयोग गर्न तयार छु

  • मिडिया डबली
  • बुधवार, भाद्र २४ २०७७

  • 12.8K
    SHARES

  • दुर्गा प्रसाई भन्छन्, प्रचण्डलाई आवश्यक परे घर मात्रै होइन, हरेक सहयोग गर्न तयार छु

     काठमाडौं - सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड घरबेटी शारदाप्रसाद अधिकारीका कारण तनावमा परेका छन् ।

    सरकारसँग मल आयातको ठेक्का हात पारेर पनि समयमै मल ल्याउन नसकेपछि दुई दिनअघि कृषि मन्त्रालयले शैलुङ इन्टरप्राइजेजको चार करोड ८० लाख रुपैयाँ धरौटी जफत गरी कम्पनी कालोसूचीमा राखेपछि जनस्तरमा शारदा अधिकारीसँगै जोडेर प्रचण्डको पनि आलोचना भयो ।

    आफ्नो नाम घरबेटीसँग जोडेपछि प्रचण्डले आफू नयाँ घरको खोजीमा रहेको मात्र बताएनन्, शारदा अधिकारीसँग गोरु बेचेको साइनोसमेत नरहेको सार्वजनिक रूपमै बताए ।

    प्रचण्ड नै नयाँ घरको खोजीमा रहेको सार्वजनिक भएपछि बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले आफू सहयोग गर्न तयार रहेको बताएका छन् ।

    मिडियाडबलीमा प्रचण्ड खुमलटार छाड्दै नयाँ घरको खोजीमा भन्ने समाचार प्रकाशित भएपछि प्रसाईले आफू घर मात्र होइन, हरेक सहयोग गर्ने   बताएका हुन् ।

    ‘म लामो समयसम्म माओवादी युद्धमा लागेको व्यक्ति हो, त्यतिबेला हतियार समाएर सहयोग गरेको व्यक्तिले अहिले प्रचण्ड जस्तो नेतालाई आपत पर्दा बस्ने घर मात्र होइन, हरेक सहयोग गर्न तयार छु,’ प्रसाईले मिडियाडबलीसँग भने ।

    उनले देशको राजनीतिक व्यवस्था परिवर्तनका लागि क्रान्तिको नेतृत्व गर्ने शीर्ष नेताको बस्ने घरसमेत नहुनु ज्यादै दुःखद रहेको बताउँदै भने, ‘अध्यक्षज्यूले सहयोग माग्नु भयो भने म जुनसुकै र हरप्रकारले सहयोग गर्न तयार छु ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend