काठमाडौं- झापाको बीएण्डसी शिक्षण क्यान्सर अस्पतालका सञ्चालक दुर्गा प्रसाईले स्वास्थ्य मन्त्रालयले नियमितरुपमा गर्दै आएको कोरोना अपडेट बन्द गराउनुपर्ने टिप्पणी गरेका छन् ।
एक पत्रकार सम्मेलनमा बोल्दै प्रसाईले कोरोना लागेको मान्छेलाई अर्काे ग्रहबाट आएको जसरी व्यवहार गरिन्छ भन्दै अलोचना गरेका छन् । उनले भने, 'कोरोना लागेको व्याक्तिलाई अर्काे ग्रहबाट आएको एलियन हो भने जस्तो व्यवहार गरिन्छ, त्यस्ता व्याक्तिलाई गाउँ नै छिर्न नदिने गरिन्छ ।' यस्ताे प्रवृति अन्त्यहुनुपर्ने उनले बताएका छन् ।
त्यस्तै प्रसाईले पछिल्लो समय विज्ञहरुको विगविगी बढेको टिप्पणी समेत गरेका छन् । उनले भने, 'अलिकति फैलियो, विज्ञहरुले भनेर लकडाउन भयो त्यसपछि खोलियो कोरोना भित्रभित्रै सल्कियो, फेरि निषेधाज्ञा जारी गरे जति निषेधाज्ञा गरियो त्यति बढ्दै गयो ।'
त्यस्तै उनले चैतदेखि अहिलेसम्मको स्थिती भयावह नरहेको समेत बताएका छन् । 'दिनभरी संक्रमितको तथ्यांक कलेक्सन गर्याे बेलुका मन्त्रालय गयो, डा. जागेश्वर गौतमले प्रदेश १ मा यति प्रदेश २ मा यति, उहाँको कामै यति भाको छ यसलाई बन्द गर्नुपर्छ ।'
प्रसाईले स्वास्थ्यमन्त्रीलाई फोन गरेर यो बन्द गराउन आग्रह गरेको बताएका छन् । उनले मिडियाहरुले कोरोनाको वास्तविक डरभन्दा बढी डर फैलाएको आरोप लगाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।