आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एनआईसी एशिया बैकले भूकम्प प्रभावित क्षेत्रमा ५१ लाख सहयोग गर्ने

एनआईसी एशिया बैकले भूकम्प प्रभावित क्षेत्रमा ५१ लाख सहयोग गर्ने

  • मिडिया डबली
  • सोमवार, कार्तिक २० २०८०

  • 1.4K
    SHARES

  • एनआईसी एशिया बैकले भूकम्प प्रभावित क्षेत्रमा ५१ लाख सहयोग गर्ने

    काठमाडौं - एनआईसी एशिया बैंकले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा ५१ लाख नगद सहयोग रकम प्रदान गर्ने घोषणा गरेको छ ।

    जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम बैंकले उपलब्ध गराउने घोषणा गरेको हो ।

    शुक्रवार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा मात्रै १५७ जनाको मृत्यु भइसकेको छ, भने डेढ सयभन्दा धेरै घाइते उपचाररत छन् ।

    एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६४५ एटीएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

    देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, कार्तिक १७ २०७९०४:२५:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend