बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

ओलीलाई हटाएर देउवा प्रधानमन्त्री बनाएकै अवस्थामा पुग्यो कोशीको नयाँ सरकार गठन

ओलीलाई हटाएर देउवा प्रधानमन्त्री बनाएकै अवस्थामा पुग्यो कोशीको नयाँ सरकार गठन

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २६ २०८०

  • 3.8K
    SHARES

  • ओलीलाई हटाएर देउवा प्रधानमन्त्री बनाएकै अवस्थामा पुग्यो कोशीको नयाँ सरकार गठन

    काठमाडौं - कोशी प्रदेशको नयाँ सरकार गठन विषय अदालतले निरुपण गर्नुपर्ने अवस्था देखिएको छ ।

    २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई विस्थापित गरी आठदलीय गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी प्रस्तुत गरेका थिए ।

    तर भण्डारीले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरी शपथ गराएकी थिइन् । तत्कालीन आठ दल राष्ट्रपतिको सो कदमविरुद्ध सर्वोच्च अदालत पुगेका थिए ।

    सर्वोच्चले भण्डारीको निर्णय खारेज गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । अहिले कोशी प्रदेशमा ठ्याक्कै २०७७ साल दोहोरिएको छ ।

    संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि हस्ताक्षर गर्दा सांसदलाई ह्वीप नलाग्ने र स्वतन्त्र हैसियत रहने सर्वोच्च अदालतको व्याख्या छ ।

    सोही कारण कांग्रेसले असन्तुष्ट समूहका सांसदलाई कारबाही गर्न नसक्ने, यदि कारबाही गरेमा माओवादीका इन्द्र आङ्बोको पक्षमा बहुमत नपुग्ने अवस्था देखिएको छ ।

    सत्ता गठबन्धनले माओवादीका आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेलगत्तै कांग्रेसको शेखर कोइराला समूहले केदार कार्कीलाई मुख्यमन्त्रीको दाबी गर्न एमालेका ४० सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी प्रस्तुत गरेको थियो । कोशी प्रदेशको मुख्यमन्त्रीमा दुईजनाले दाबी पेस गरेपछि अबको मुख्यमन्त्री को भन्ने अन्योल छाएको छ ।

    कांग्रेसमा विभाजन आएर उसले अलग्गै दावी गरेपछि कसलाई मुख्यमन्त्री नियुक्त गर्ने भन्नेबारे प्रदेश प्रमुख खापुङ यतिखेर कानुनी परामर्शमा गरिरहेका छन् ।

    आङ्बोले कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका तीन र जसपाका एक सांसदको हस्ताक्षर बुझाएका छन् । तर, गठबन्धनका शीर्ष नेताको निर्णयप्रति असन्तुष्टि जनाउँदै कांग्रेसको शेखर कोइराला पक्षले एमालेसँग समीकरण बनाएको हो ।

    कार्कीले आफूसहित कांग्रेसका नौ प्रदेशसभा सदस्य र एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका हुन् ।

    कार्कीसहित कांग्रेसका आठ सांसद प्रदेश प्रमुख खापुङसमक्ष सशरीर उपस्थित भएर आङ्बोको समर्थनमा आफूहरूले हस्ताक्षर नगरेको भन्दै पुरानो हस्ताक्षर ल्याएर झुटो विवरण पेस गरेको बताएपछि अवस्था पेचिलो बनेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend