आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कोशीमा आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय

कोशीमा आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय

  • मिडिया डबली
  • मंगलवार, आश्विन २३ २०८०

  • 5.5K
    SHARES

  • कोशीमा आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय
    फाइल तस्बिर

    काठमाडौं -  नेपाली कांग्रेसले कोशी प्रदेशमा फेरि आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गर्ने भएको छ।

    सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा मंगलबार बसेको पदाधिकारी बैठकले कोशीमा पार्टीकै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हो । देउवाले पुनः कांग्रेसकै नेतृत्वमा कोशीमा गठबन्धन सरकार बनाउनुपर्ने धारणा राखेका थिए।

    अहिलेको गठबन्धनलाई कायम राख्दै थप दलहरूको समर्थन खोज्न पहल गर्नुपर्ने उनको भनाइ थियो । कोशीमा राप्रपालाई सरकारमा सामेल गराउने प्रयासमा कांग्रेस लागेको छ ।

    यसका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि भेटेर कुरा गर्ने तयारी छ। स्रोतका अनुसार कांग्रेस र राप्रपाबीच नेताहरूको व्यवस्थापन विषयमा भद्र सहमति हुने भएको छ ।

    यदि सो सहमति भएमा राप्रपा सरकारमा सहभागी हुने नेताहरुको भनाइ छ । देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर कोशीमा फेरि कांग्रेस नेतृत्वमै सरकार बनाउनुपर्ने विषयमा कुराकानी गर्ने भएका छन् ।

    कांग्रेस संसदीय दलका नेता उद्धव थापा दुईपटक र एमाले संसदीय दलका नेता हिक्मत कार्की पनि दुईपटक कोशीको मुख्यमन्त्री भइसकेका छन्। बहुमत पुर्‍याउन नसक्दा महिना दिन नपुग्दै उनीहरूको सरकार ढल्ने गरेको छ।

    कोशीका मुख्यमन्त्री कार्कीले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख परशुराम खापुङले असोज २६ गते अपराह्न ५ बजेभित्र सरकार गठनका लागि समय दिएका छन्।

    अब जो सांसदले आफूलाई बहुमत रहेको देखाउन सक्ने छ, उही मुख्यमन्त्री हुनेछ । कांग्रेसले मुख्यमन्त्रीमा कसलाई सार्ने भन्ने तय भइसकेको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend