आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सरकारले इजरायलमा द्वन्द्वको परेका नेपालीको उद्धारका लागि विशेष विमानको व्यवस्था गर्नुपर्छ : खतिवडा

सरकारले इजरायलमा द्वन्द्वको परेका नेपालीको उद्धारका लागि विशेष विमानको व्यवस्था गर्नुपर्छ : खतिवडा

  • मिडिया डबली
  • मंगलवार, आश्विन २३ २०८०

  • 1.5K
    SHARES

  • सरकारले इजरायलमा द्वन्द्वको परेका नेपालीको उद्धारका लागि विशेष विमानको व्यवस्था गर्नुपर्छ : खतिवडा

    काठमाडौं - सत्तारुढ नेपाली कांग्रेस सांसद रामहरी खतिवडाले सरकारले विशेष विमानको व्यवस्था गरेर भएपनि इजरायलको जारी द्वन्द्वमा फसेका नेपालीहरुको उद्धार गर्नुपर्ने बताएका छन्।

    सोमबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सबै राजनीतिक दलहरुले पनि सो द्वन्द्वमा फसेकाहरुको उद्धारका लागि एकतावद्ध भएर पहलकदमी लिनुपर्ने बताएका हुन्।

    सांसद खतिवडाले स्वदेशमा फर्कन चाहने नेपालीहरुलाई पनि सरकारले सुरक्षित ढंगले स्वेदश फर्काउनुपर्ने बताए। सांसद खतिवडाले मारिएकाहरुको शब नेपाल ल्याउने काममा पनि ढिलाई नगर्न सरकारसँग आग्रह समेत गरेका छन्।

    प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद एवं पूर्वश्रममन्त्री रघुजी पन्तले इजरायलमा मारिएका नेपालीहरुको स्मृतिमा राष्ट्रिय शोकको घोषणा गर्न सरकारसँग माग गरे।

    सोमबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले इजरायलमा मारिएका परिवारलाई उचित क्षतिपूर्ति दिन र इजरायल सरकारसँग पनि त्यसका लागि कुटनीतिक पहल गर्न सरकारलाई सचेत गराए।

    सांसद पन्तले स्वदेश फर्कन चाहने नेपालीहरुलाई तत्काल स्वदेश फर्काउन पनि सरकारले आवश्यक व्यवस्था मिलाउनुपर्ने बताए।

    उनले घाइतेहरुको उपचारको अभाव हुन नदिन पनि सरकारलाई संवेदनशील बन्न आग्रह गरे। सांसद पन्तले इजरायलबाट स्वदेश फर्कन चाहनेहरुलाई ल्याउनका लागि सरकारले तत्काल जहाज नै पठाउने व्यवस्था गर्नुपर्ने बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष १६ २०७८१०:५५:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend