शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

ओलीजी कोरोनाले आक्रान्त भएको बेला पहिला जनता बचाउ,पछी खोजौँला अयोध्या : खतिवडा

ओलीजी कोरोनाले आक्रान्त भएको बेला पहिला जनता बचाउ,पछी खोजौँला अयोध्या : खतिवडा

  • मिडिया डबली
  • आइतवार, श्रावण २५ २०७७

  • 11.3K
    SHARES

  • ओलीजी कोरोनाले आक्रान्त भएको बेला पहिला जनता बचाउ,पछी खोजौँला अयोध्या : खतिवडा

    काठमाडौं - नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले प्रधानमन्त्री खड्गप्रसाद ओलीले दायाँबायाँ नगरी कोरोनाभाइरसको संक्रमणबाट जनताको जीवन बचाउन आफूलाई केन्द्रित बनाउनुपर्ने बताएका छन् ।

    कांग्रेस नेता खतिवडाले आइतबार बिहान कुरा गर्दै ओलीलाई अहिले कोरोनाबाट जनताको जीवन रक्षा गर्नेभन्दा पनि राम जन्मभूमि अयोध्याको चिन्ता रहेको बताए । राम जन्मभूमि अयोध्याका बारेमा समय भएपछि खोज्न आग्रह गर्दै उनले भने, ‘जनता कोरोनाले दिनदिन मर्न थालेका छन् । कोरोना रोकथाम गरौँ प्रधानमन्त्रीजी । समयपछि राम जन्मभूमि अयोध्या खोजौँला । मैले पनि साथ दिन्छु ।’

    ओलीले शनिबार आफ्नै निवास बालुवाटारमा चितवनको माडीका मेयरसहितका जनप्रतिनिधिहरूलाई बोलाएर अयोध्या नेपालमै रहेको र मास्टर प्लान बनाउन निर्देशन दिएका थिए ।

    ओलीले कोरोनाको संक्रमणबाट जनताको जीवन बचाउनेभन्दा पनि पछिल्लो समय अयोध्याको विषयमा विवाद खडा गरेर आलोचना र पार्टीभित्रको विवादलाई डाइभर्ट गर्न खोजेका छन् ।

    कांग्रेस नेता खतिवडाले अयोध्याका विषयमा विवाद गर्नुभन्दा पहिला कोरोनाबाट जनताको जीवन बचाउन ध्यान केन्द्रित गर्न सुझाव दिए ।

    ‘कोरोनाभाइरसको महामारीबाट जनता त्रसित छन् । धमाधम ज्यान जान थालेको छ । पर्सा, काठमाडौंसहित भारतसँग सिमाना जोडिएका जिल्लाको अवस्था भयाबह भएको छ’, उनले भने, ‘प्रधानमन्त्रीजीलाई कोरोनाबाट जनताको जीवन बचाउनेभन्दा पनि रामको जन्मभूमि अयोध्या बनाउनेतिर केन्द्रित हुनुभएको छ । पहिला कोरोना रोकथाम गरौँ । जनताको जीवन ठूलो हो ।’

    कांग्रेस नेता खतिवडाले भनेका छन्, ‘मपनि रामको ठूलो मूर्ति बनाउनुपर्छ भन्ने पक्षकै मान्छे हो । अयोध्या नेपालमै खोजौँ भन्ने पक्षको मान्छे हुँ । समय सहज भयो भने खोजौँला । तर, अहिले त्योभन्दा पनि ठूलो कुरा भनेको कोरोनाबाट जनताको जीवन रक्षा गर्ने हो ।’

    ‘प्रधानमन्त्री ओलीजी कोरोना रोकथाम र उपचारमा असफल भएपछि आलोचनाबाट बच्न विषयलाई विषयान्तर गर्न खोज्नुभएको छ’, खतिवडाले भने, ‘पार्टीभित्रैबाट कुर्सीमा हमला भएपछि आत्तिनुभएका ओलीले विषयलाई डाइभर्ट गर्न गरेर सत्ता लम्बाउन र आलोचनाबाट बच्न अनेक फण्डाहरू ल्याइरहनु भएको छ ।’

    बेलानकुबेला अयोध्याको विवाद ल्याएर प्रधानमन्त्री ओलीले भारतसँगको सम्बन्ध विगार्न खोजेको आरोप खतिवडाले लगाए । ‘प्रधानमन्त्रीजी विद्धावन हुनुहुन्छ । यसमा शंका छैन’, उनले भने, ‘कोरोना रोकथाम र नियन्त्रण भएपछि अरु पनि विज्ञलाई राखेर अयोध्याको खोजी गरौँला । यो समय कोरोनाविरुद्ध मिलेर लड्ने नै हो ।’

    नेपाली कांग्रेसले कोरोनाको महामारीका बेला सरकारलाई सहयोग गरिरहेको बताएका खतिवडाले भने, ‘हाम्रो पार्टी सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरूले सरकारलाई कोरोना रोकथाममा सहयोग गर्नुभएको छ । ओलीजीले अब पनि कोरोनालाई हल्का रुपमा लिएर अनावश्यक कुराको पछाडि लाग्नुभयो भने कांग्रेस चुप बस्दैन । ओलीजीलाई जानकारी होस् ।’

    ओलीले बालुवाटारलाई गफ गर्ने अखडा बनाएको खतिवडाको आरोप छ । ‘पार्टीका मान्छे बोलाउने, बेफजुलका मान्छे बोलाउने, दिनभरि गफ गर्ने’, उनले भने, ‘देशको मुख्य समस्याबाट भागेर ओलीजीले के गर्न खोज्नुभएको हो ?’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १७ २०७७१०:२५:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend