आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रभावशाली कांग्रेस नेता रामहरि खतिवडाको सहमहामन्त्रीमा दाबी, यस्तो छ देउवाको तयारी

प्रभावशाली कांग्रेस नेता रामहरि खतिवडाको सहमहामन्त्रीमा दाबी, यस्तो छ देउवाको तयारी

  • मिडिया डबली
  • बिहिवार, मंसिर १६ २०७८

  • 7.3K
    SHARES

  • प्रभावशाली कांग्रेस नेता रामहरि खतिवडाको सहमहामन्त्रीमा दाबी, यस्तो छ देउवाको तयारी
    फाइल तस्वीर

    काठमाडौं - नेपाली कांग्रेसका नेता रामहरि खतिवडा पार्टीमा लोकप्रिय नाम हो । युवा उमेरमै खतिवडा ओखलढुंगामा चर्चित भइसकेका थिए ।

    नेपाली कांग्रेसका सन्तनेता कृष्णप्रसाद भट्टराई र बलबहादुर राईको प्रभाव उनमा देखिन्छ । जनता र देशलाई केन्द्रविन्दुमा राखेर राजनीति गर्नुपर्छ भन्ने मान्यता बोकेका खतिवडा संगठन विस्तारमा पनि कुशल मानिन्छन् । त्यही भएर उनले ओखलढुंगामा कांग्रेसलाई बलियो बनाएका छन् ।

    नेपाली कांग्रेसलाई कुनै हिसाबमा, कुनै पनि बहानामा कमजोर गर्ने छुट कुनै नेतालाई छैन भन्ने मान्यता बोक्ने उनी पार्टीमा देखिएको विकृति र विसंगतिप्रति पनि बेलाबेलामा औंला ठड्याउने गर्छन् । त्यही भएर पनि उनलाई पार्टीमा जुनसुकै पक्षका नेता कार्यकर्ताले पनि विश्वास र भरोसा गर्छन् ।

    कांग्रेसको १३औं महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिइसकेका खतिवडा झिनो मतान्तरले २५ जना केन्द्रीय सदस्यभित्र समेट्न सकेनन् । कांग्रेसका महाधिवेशन प्रतिनिधिमा उनी निकै लोकप्रिय थिए ।

    कुनै पक्षमा नभई आफ्नै बलबुत्तामा खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदा पनि झन्डै झन्डै चुनाव जितेकाले पनि उनको लोकप्रियता कति रहेछ भन्ने पुष्टि हुन्छ । सोही कारण १४औं महाधिवेशनमा उनले पदाधिकारीमै दाबी गर्ने तयारी गरेका छन् ।

    त्यसका लागि उनले पार्टी सभापति शेरबहादुर देउवासँग पटक पटक भेटेर आफूले सहमहामन्त्रीमा उम्मेदवारी दिन लागेको जानकारी गराइसकेका छन् ।

    ओखलढुंगामा देउवा पक्षको बलियो पकड मात्र होइन, जिल्ला सभापति पनि जिताएको पार्टी सभापति देउवा खतिवडासँग निकै खुसी छन् । आफूले सहमहामन्त्रीमा उम्मेदवारी दिन लागेको जानकारी गराउँदा सभापति देउवाले महाधिवेशन उद्घाटनसम्म कुर्न भनेको नेता खतिवडाले जानकारी दिए ।

    यदि देउवा पक्षबाट सहमहामन्त्रीको टिकट नपाए पनि खुला केन्द्रीय सदस्यमा खतिवडाको पद सुरक्षित रहेको बताइन्छ । भूकम्प, बाढीपहिरो, अन्य प्राकृतिक विपत्ति, विकास निर्माणका साथै कोरोना महामारीका बेला खाितवडाले आफ्नै पहलमा ओखलढुंगावासीका लागि निकै काम गरेका छन् ।

    हरेक हप्ताजसो उनी काठमाडौंबाट केही न केही विकास लिएर, जनताका लागि राहत बोकेर उनी जिल्ला पुगिरहन्छन् । आमनिर्वाचनमा पार्टीकै अन्तर्घातका कारण पराजयको पीडा बेहोरे पनि उनी ओखलढुंगावासीको सेवामा कहिल्यै पछाडि हटेका छैनन् ।

    त्यसले गर्दा पनि यसपटक खतिवडालाई जिल्लावासीले कांग्रेसको केन्द्रीय कमिटीमा देख्न चाहेका छन् । ओखलढुंगाबाट प्रतिनिधिसभामा विजयी भएका एमालेका सांसद यज्ञराज सुनुवार जहिल्यै पनि काठमाडौंमै भेटिन्छन् । कतिसम्म भने प्राकृतिक विपत्ति होस् या कोरोना कहर सुनुवारले जिल्लावासीका लागि राहत बोकेर लगेको कसैले पनि थाहा पाएनन् ।

    तर, कांग्रेस नेता खतिवडाले भने स्वास्थ्य मन्त्रालयमा डेलिगेसन नै गएर पिसिआर परीक्षण गर्ने मेसिन ओखलढुंगामा जडान गरिदिए । यसले गर्दा पनि आमजिल्लावासीमा उनीप्रति निकै सहानुभूति छ ।

    पार्टीका सभापति पनि खतिवडाको जनताका लागि मरिमेटेर काम गर्ने प्रवृत्तिप्रति निकै खुसी छन् । जसकारण खतिवडाको संस्थापन पक्षमा छाप राम्रो रहेको छ । धेरैले उनलाई प्रदेश १ को पदाधिकारीमा दाबी गर्न सल्लाह दिए पनि उनले केन्द्रमै आउने बताइसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष १६ २०७८११:५५:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend