काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले आफू जीवनभर आदर्शवादी नेता स्व. बलबहादुर राईको बाटोमा हिँड्ने प्रण गरेका छन् ।
केन्द्रीय सदस्य निर्वाचित भएपछि पहिलोपल्ट गृहजिल्ला पुगेर राईको सालिकमा माल्यार्पण गर्दै नेता खतिवडाले उनको सत्मार्गमा हिँड्ने प्रण गरेका हुन् ।
मेलमिलाप दिवसको अवसरमा कांग्रेस ओखलढुंगाले आयोजना गरेको सम्मान तथा मेलमिलाप दिवस कार्यक्रममा सहभागी हुन उनी पहिलोपल्ट बिहीबार गृहजिल्ला पुगेका थिए ।
‘नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी, साहसी, निडर, स्वाभिमानी र आदर्शका प्रतिमूर्ति नेपाली कांग्रेससका नेता आदरणीय स्व. बलबहादुर राईको सालिकमा माल्यार्पन गर्दै कांग्रेसलाई पहिलो र प्रिय पार्टी बनाउनलाई तपाइले हिँडाउनु भएको बाटोमा सधैं लाग्ने प्रतिबद्धता गर्दछु,’ उनले भने ।
नेपालमा सबैभन्दा धेरै कार्यबाहक प्रधानमन्त्री बनेर इतिहास रचेका राई कांग्रेस पार्टीलाई नै परिवार मान्थे । उनले कहिल्यै जातको कुरा गरेनन् । सधैं देश र जनताका लागि सोच्ने गर्थे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।