काठमाडौं - नेपाली कांग्रेसका बागमती प्रदेश सांसद मिनकृष्ण महर्जन पछिल्लो समय ललितपुरमा विकासवादी नेताको छवि बनाउँदै छन् ।
१० महिनाअघि मतदातासँग गरेको बाचा पूरा गर्न अहिले उनले निर्वाचन क्षेत्र छाडेका छैनन् । यतिखेर उनी आफ्नो निर्वाचन क्षेत्रमै व्यस्त देखिन्छन् ।

अघिल्लो निर्वाचनमा एमाले उम्मेदवार चेतनाथ सञ्जेलसँग झिनो मतान्तरले पराजित भएपछि उनले मतदाताकहाँ जान छाडेनन् । पाँच वर्षको प्रयासपछि उनले गत मंसिरमा एमाले उम्मेदवारलाई सानदार ढंगले पराजित गरे ।
अघिल्ला सांसद सञ्जेलले निर्वाचन क्षेत्रको विकासमा ध्यान नदिएकाल मतदाता असन्तुष्ट बनेका थिए । महर्जन सांसद जितेर आएपछि उनले आफ्नो निर्वाचन क्षेत्रमा धेरै नै बजेट पारेका छन् ।

२०४६ सालपछि यो क्षेत्रमा यति धेरै बजेट परेको यो पहिलोपटक भएको स्थानीय बताउँछन् । सडक, बिजुली, सरसफाइ क्षेत्रमा महर्जनले बजेट छुट्याउँदै आएका छन् ।
आफ्नो निर्बाचन क्षेत्रका जनतालाई कुनै समस्या पर्दा आफै उपस्थित भएर समस्याको समाधान गरिदिने व्यवहारका कारण जनताहरुले नेता महर्जनको खुलेरै प्रशंसा गर्ने गर्छन् ।

आफ्नो निर्वाचन क्षेत्रको कोही बिरामी भएर हस्पिटल भर्ना भएमा स्वयं आफू उपस्थित भएर डाक्टरसँग सल्लाह र परामर्श गर्ने, बिरामी डिस्चार्ज हुने बेलामा खर्च घटाउन उनले भूमिका खेल्ने गरेका छन् ।

नेता महर्जन राजनीतिमा मात्र नभई खेलकुद क्षेत्रमा पनि परिचित छन्। उनी राष्ट्रिय खेलकुद परिषद्को पूर्वकोषाध्यक्ष, करातेका पूर्वअन्तर्राष्ट्रिय खेलाडी र अन्तर्राष्ट्रिय रेफ्रीसमेत हुन्। तरुण दलमा १० वर्ष केन्द्रमा काम गरेका महर्जन अहिले पनि खेलकुद क्षेत्रमा त्यत्तिकै सक्रिय छन् ।

हालै मात्र उनकै पहलमा चापागाउँमा कराते प्रतियोगिता सम्पन्न भएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।