काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौंमै मोसो दलिएको छ ।
सोमबार कान्तिपथस्थित एलोप्यागोडा होटलमा केही युवाले प्रसाईंलाई मोसो दलेका हुन् ।
बैंकको ऋण नतिर्ने, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने र राजतन्त्रको वकालत गरेको भन्दै युवा संघले प्रसाईंलाई मोसो दलेको बताइन्छ ।
प्रसाईले सोमबार एलोप्यागोडा होटलमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । त्यहाँ जाने क्रममा उनीमाथि मोसो दलिएको हो ।
मोसो दलिएपछि प्रसाईं सर्ट खोलेर भित्री वस्त्रमा अनुहार छोप्दै होटलभित्र प्रवेश गरेका थिए । प्रसाईंले पछिल्लो समय मरवाडी समुदायविरुद्ध उग्र अभिव्यक्ति दिँदै आएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।