काठमाडौं - एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाममा खोलिएको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करिब १८ करोड रुपैयाँ भ्रष्टाचार भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका पूर्वमन्त्री विजयकुमार, लालबन्दी नगरपालिकाका पूर्वमेयर मानबहादुर खड्कासहित सातजनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
तत्कालीन मन्त्री विजयकुमार र मेयर मानबहादुर खड्काले आफूलाई नभएको अधिकार समेत प्रयोग गरी प्रचलित कानूनविपरीत लागत साझेदारी शून्य रहेको झलनाथ खनाल स्वास्थ विज्ञान प्रतिष्ठान नेपाल नामको गैरसरकारी संस्थालाई सरकारी रकम उपलब्ध गराई सोही संस्थाबाटै कार्यक्रम कार्यान्वयन र खर्चको लेखांकन गर्ने गरी उक्त गैरसरकारी संस्थाका अध्यक्ष रेवतीप्रसाद पन्तसँग त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेको र सोही समझदारी(पत्रका आधारमा प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालयबाट लालबन्दी नगरपालिकालाई र सो नगरपालिकाबाट उक्त गैरसरकारी संस्थालाई बदनियतपूर्वक सरकारी रकम १७ करोड ९८ लाख ३३ हजार निकासा गरी हिनामिना गरेको अख्तियारको ठहर छ ।
मधेस प्रदेश सरकारको आव २०७६–७७ को नीति तथा कार्यक्रममा समावेश भई बजेट वक्तव्यमा नेपाल सरकार र प्रदेश सरकारको लागत सहभागिताका आधारमा प्रदेश सरकारबाट विनियोजित र संघीय सरकारबाट समेत प्राप्त समपूरक अनुदान रकम सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका निमित्त भौतिक संरचना निर्माणका लागि प्रचलित कानूनअनुसार लेखा उत्तरदायी अधिकृतले कार्यान्वयन गर्ने गरी अख्तियारीसमेत प्रदान भईसकेको अवस्थामा तत्कालीन अर्थमन्त्री विजयकुमार र लालबन्दी नगर प्रमुख खड्काले आफूलाई प्राप्त नभएको अधिकार प्रयोग गरी आर्थिक हिनामिना गरेको अख्तियारको दाबी छ ।
खनालको नाममा खोलिएको सर्पदंश केन्द्रमा तत्कालीन एमाले सरकारले बजेट छुट्याएपछि चौतर्फी आलोचना हुँदै आएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।