बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images
राजनीतिक बिशेष

एमाले कोशी प्रदेश अध्यक्षमा माधव निकट खतिवडा विजयी, यसरी ओलीले दिए साथ

एमाले कोशी प्रदेश अध्यक्षमा माधव निकट खतिवडा विजयी, यसरी ओलीले दिए साथ

  • मिडिया डबली
  • मंगलवार, आश्विन १६ २०८०

  • 3.5K
    SHARES

  • एमाले कोशी प्रदेश अध्यक्षमा माधव निकट खतिवडा विजयी, यसरी ओलीले दिए साथ

    काठमाडौं - एमाले अध्यक्ष केपी ओलीको गृह प्रदेश कोशीमा पार्टीको नेतृत्व चयनको विषयमा निकै रोचक घटना भएको छ ।

    विगतमा एमाले मोरङको अध्यक्षमा जसले पराजित गरेको थियो, अहिले कोशी प्रदेश अध्यक्षमा पहिले हारेकैले जितेका छन् । एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् ।

    खतिवडाले अर्का प्रत्यासी विनोद ढकाललाई ८२ मतले पछि पार्दै विजयी भएका हुन् । पार्टी अध्यक्ष केपी ओलीको समर्थन पाएका मोरङको लेटाङ नगरपालिकाका खतिवडाले ५१२ मत पाए ।

    विराटनगरका ढकालले ४३० मत प्राप्त गरे । विगतमा ओली निकट मानिने ढकालले अहिले उनको साथ पाएनन् । ओलीले विगतमा माधव नेपाल निकट रहेका खतिवडालाई साथ दिए ।

    पार्टीको पाँचौँ जिल्ला अधिवेशनमा तत्कालीन ओली पक्षका ढकालसँग अध्यक्षमा पराजय बेहोरेका तत्कालीन माधव नेपाल पक्षका खतिवडाले प्रदेश अध्यक्षमा पार्टी अध्यक्ष ओलीको साथ पाएर उनलाई पराजित गरेर हुन् । दुईपटक मोरङ एमालेको अध्यक्षसमेत भइसकेका केन्द्रीय सदस्य ढकालले पराजय व्यहोरेका हुन् ।

    पार्टी अध्यक्ष ओलीको प्रथम कोशी प्रदेश अधिवेशनमा सर्वसम्मत गर्ने निर्देशनलाई चुनौती दिँदै ढकाल र खतिवडा प्यानल बनाएरै चुनावी प्रतिस्पर्धामा उत्रेका थिए ।

    अधिवेशनमा नौ सय ९७ जना प्रतिनिधिमध्ये नौ सय ७७ जनाले मात्र मतदान गरेका थिए । शुक्रबार अध्यक्ष ओलीले विराटनगरमा उदघाटन गरेको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो । उम्मेदवारहरु आ–आफनो प्यानल बनाएर निर्वाचनमा सहभागी भएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन १६ २०८०१०:३५:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend