बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

भारतीय सेनाको गोर्खा राइफल्स रेजिमेन्ट ९ का उपरथी कक्करको नेपाल भ्रमण सम्पन्न

भारतीय सेनाको गोर्खा राइफल्स रेजिमेन्ट ९ का उपरथी कक्करको नेपाल भ्रमण सम्पन्न

  • मिडिया डबली
  • सोमवार, आश्विन १५ २०८०

  • 3.6K
    SHARES

  • भारतीय सेनाको गोर्खा राइफल्स रेजिमेन्ट ९ का उपरथी कक्करको नेपाल भ्रमण सम्पन्न

    काठमाडौँ- भारतको मध्य उत्तर प्रदेश सब एरियाका जनरल कमाण्डिङ अफिसर तथा गोर्खा राइफल्स रेजिमेन्ट ९ का उपरथी आलोक कक्करको नेपाल भ्रमण सम्पन्न भएको छ ।

    छ दिने भ्रमणका लागि गत असोज ८ गते काठमाडौं आएका कक्कर भ्रमण पूरा गरेका हुन् । नेपालमा रहँदा उनले पोखरामा वीरता पुरस्कार विजेता गोर्खा सैनिक र वीर नारीलाई सम्मान गरेका थिए ।

    त्यसैगरी, उनले भोेजपुरमा निर्मित भूपू सैनिक कल्याणकारी स्वास्थ्य कार्यक्रम (इसिएचएस) टाइप ई पोलिक्लिनिक (मोबाइल मेडिकल युनिट) को काठमाडौंबाट भर्चुअल माध्यममार्फत उद्घाटन गरेका थिए ।

    यस पोलिक्लिनिकले भोजपुरको दुर्गम क्षेत्र र वरपर बसोबास गर्ने ५ हजारभन्दा बढी भूपू भारतीय सैनिक र उनीहरुका परिवारलाई सेवा दिने भारतीय राजदूतावासले जनाएको छ ।

    नेपालमा आउँदा उनलाई नेपालका लागि भारतीय रक्षा सहचारी कर्णेल अमितकुमार शर्मा र भारतीय राजदूतावासका अधिकारीले उपरथी कक्करलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १५ २०८००४:२८:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend