बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

अनशनरत ईः बालेनका लागि पर्न सक्छन् भारी

अनशनरत ईः बालेनका लागि पर्न सक्छन् भारी

  • मिडिया डबली
  • मंगलवार, आश्विन ९ २०८०

  • 8.9K
    SHARES

  • अनशनरत ईः बालेनका लागि पर्न सक्छन् भारी

    काठमाडौं - सामाजिक अभियन्ता ईःको पक्षमा समर्थन जुट्ने क्रम जारी छ।

    विगतमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका पालामा ‘इनफ इज इनफ’ नारासहित अनशन बसेर चर्चा कमाएका ईःकै कारण काठमाडौं महानगरपालिका प्रमुखमा बालेन्द्र साह बालेनले जित हासिल गरेका थिए ।

    तर अहिले तिनै बालेनविरुद्ध ईः आठ दिनदेखि राष्ट्रियसभा गृहअगाडिको सडकमा उभिएर अनशन बसेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेनसँग जवाफदेहिता माग्दै उभिएर अनशनरत ईःलाई मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि भेटेका छन्।

    थापा र पाण्डेले राष्ट्रियसभा गृहअगाडिको सडकमा पुगेर ईःको आन्दोलनमा समर्थन जनाउँदै फुटपाथ र सडक खाली गर्ने नाममा गरिबलाई लखेट्न नहुने बताए। थापले ईःको साथमा एेक्यवद्धता जनाउँदै भनेका थिए, ‘मलाई बालेन मनपर्छ, मलाई ईः मनपर्छ। ईः ले उठाएका मुद्दा जायज छन्।’ एमाले नेता पाण्डेले ठेलागाडा, साइकल र परम्परागत मजदुरउद्यमीलाई लखेट्न नहुने बताए। उनले सडकबाट विस्थापित गर्दा विकल्प पनि खोजिनुपर्ने बताए।

    विगतमा ईःको अनशनप्रति एमाले नेता कार्यकर्ताले आक्रोश पोख्ने गर्थे । अहिले तिनै ईःको अनशनमा एमाले अध्यक्ष केपी ओलीदेखि अन्य नेताले समेत समर्थन जनाएका छन् ।

    मंगलबार नै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्ले र पुकार बमले पनि ईःलाई भेटेर उनको आन्दोलनप्रति समर्थन गरेका थिए । मंगलबार नै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले ईःलाई भेटेर कुरा गरेकी छन्।

    सोमबार काठमाडौंका मेयर बालेनले आफूले भेट्न खोजे पनि ईःले नचाहेको, उनका नेतासँग वार्ता गर्नुपर्ने भन्दै आक्रोशयुक्त स्टाटस लेखेपछि दुवैबीच सम्बन्धमा दरार आएको छ । धेरैले बालेनको त्यो स्टाटसप्रति आपत्ति जनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन ९ २०८००१:०६:५६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend