काठमाडौं - नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले आफूमाथि लागेको यौन आरोप झुटो भएको बताएका छन् ।
एक महिलाले आफूविरुद्ध भदौ २४ गते काठमाडौं जिल्ला अदालतमा हालेको मुद्दामा भदौ २९ गते मिलापत्र भएको र कुनै कसुरजन्य काम नगरेको प्रधानले बताएका छन् ।
मिडियाडबलीमा ‘प्रधानमाथि यौन शोषणको बात’ शीर्षकमा समाचार प्रकाशित भएपछि उनले काठमाडौं जिल्ला अदालतमा भएको मिलापत्रको प्रतिलिपिसमेत पठाउँदै खण्डनसहितको समाचार प्रकाशित गर्न आग्रह गरेका छन् ।
समाचारमा एक युवतीले प्रधानमाथि यौन शोषणको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएको उल्लेख थियो । तर प्रधानले कुनै पनि कसुर नगरेको उल्लेख गरेका छन् ।
प्रधानले नै काठमाडौं जिल्ला अदालतमा मिलापत्र भएको प्रमाणसहित पठाएकाले पहिले प्रकाशित समाचार हटाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।