बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

सामुदायिक विद्यालयमा आज पनि पठनपाठन नहुने

सामुदायिक विद्यालयमा आज पनि पठनपाठन नहुने

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ५ २०८०

  • 3.7K
    SHARES

  • सामुदायिक विद्यालयमा आज पनि पठनपाठन नहुने
    फाइल तस्बिर

    काठमाडौं - देशभरका सामुदायिक विद्यालयहरुमा आज पनि पठनपाठन नहुने भएको छ ।

    गत बुधबारदेखि शिक्षकहरु विद्यालय बन्द गरेर राजधानी केन्द्रीत आन्दोलनमा उत्रिएपछि बिहीबार देशभरका विद्यालयहरुमा पढाई ठप्प रह्यो ।

    शिक्षक आन्दोलन शुक्रबार पनि जारी रहने भएकाले पठनपाठन आज पनि नहुने पक्का छ । बिहीबार काठमाडौं उपत्यकामै पनि सामुदायिक विद्यालयमा पठनपाठन हुन सकेन ।

    काठमाडौं महानगरपालिकाले विद्यालय बन्द गरेमा कारबाही गर्ने चेतावनी दिँदा दिंदै पनि काठमाडौंका सामुदायिक विद्यालयमा पढाई नभएको हो । विद्यार्थीहरुलाई विद्यालय कर्मचारीहरुले कक्षा नहुने भन्दै फर्काएका थिए ।

    विद्यालय बन्द गरे काबारहीको चेतावनी दिएको काठमाडौं महानगरपालिकाले भने महानगरभित्रका सवै सामुदायिक विद्यालयहरुमा नगर प्रहरी खटाएको थियो ।

    पठनपाठन बन्द नगर्न गरेको आग्रहको शिक्षकहरुले बेवास्ता गरेपछि विद्यालयहरुको अवस्था बुझ्न महानगरभित्रका ८९ वटै विद्यालयमा नगर प्रहरी पठाइएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन ५ २०८००९:२०:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend