बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

कैलाली र कञ्चनपुर निर्मित तीन शैक्षिक परियोजना उद्घाटन

कैलाली र कञ्चनपुर निर्मित तीन शैक्षिक परियोजना उद्घाटन

  • मिडिया डबली
  • बिहिवार, आश्विन ४ २०८०

  • 2.1K
    SHARES

  • कैलाली र कञ्चनपुर निर्मित तीन शैक्षिक परियोजना उद्घाटन

    काठमाडौँ - भारत सरकारको सहयोगमा निर्मित एक क्याम्पस भवन र दुई विद्यालय भवन सम्बन्धित जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको छ ।

    नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तावले आइतबार र सोमबार सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरको भ्रमण गरी ती परियोजना हस्तान्तरण गरेका हुन्।

    उनले तीन करोड ५२ लाखमा निर्मित टीकापुर बहुमुखी क्याम्पस, दुई करोड ६४ लाखमा निर्मित पशुपति शिक्षा मन्दिर र दुई करोड ९२ लाखमा निर्मित सिद्धनाथ माध्यमिक विद्यालय भवन हस्तारन्तरण गरेका भारतीय दूतावासले जानकारी दिएको छ।

    उद्घाटन समारोहमा कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न राजनीतिक दलका नेता, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, क्याम्पस र विद्यालयका प्रतिनिधि र स्थानीय समुदायको उपस्थिति थियो ।

    यी शैक्षिक संस्थामा कैलाली र कञ्चनपुर जिल्लाका करिब दुई हजार पाँच सय विद्यार्थी अध्ययनरत छन् । नेपाल–भारत विकास सहकार्य कार्यक्रमअन्तर्गत उच्च प्रभाव समुदायिक विकास परियोजनाको रुपमा निर्माण भएका यी परियोजनाले त्यस क्षेत्रका युवाको हितका लागि शैक्षिक पूर्वाधारको विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

    कैलाली र कञ्चनपुरका जिल्ला समन्वय समितिले उक्त परियोजनाको कार्यान्वयन गरेको दूतावासले जनाएको छ । सो अवसरमा राजदूत श्रीवास्तवले नेपाली कांग्रेसका नेता एवं सांसद रमेश लेखक र स्थानीय सरकारका पदाधिकारीसँग दोधारा चाँदनीस्थित एकीकृत जाँच चौकी परियोजनास्थलको पनि भ्रमण गरेका हुन्।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गत जुनमा भएको भारत भ्रमणका क्रममा भारत सरकारको अनुदान सहयोगमा उक्त जाँच चौकीको निर्माण हेतु सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । उक्त एकीकृत जाँच चौकीको निर्माणले भारत र नेपालबीचको आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै सुदूरपश्चिम प्रदेशलाई यो परियोजनाले विशेष लाभान्वित तुल्याउनेछ । राजदूत श्रीवास्तवले नेपाल–भारतमैत्री सङ्घ र स्थानीय वाणिज्य सङ्घका प्रतिनिधिसँग भेटवार्ता गर्नुका साथै मैत्री सङ्घ र वाणिज्य सङ्घले भारत र नेपालबीचको द्विपक्षीय सम्बन्धलाई प्रवद्र्धनका लागि गरेको योगदानको प्रशंसा गरेका छन्।

    साथै उनले जनता–जनाताबीचको सम्बन्ध र आर्थिक सम्पर्कमार्फत दुई देशबीचको मैत्री सम्बन्धलाई थप बलियो बनाउने उपायबारे पनि छलफलगरेका थिए।

    भारत र नेपालबीच बलियो विकास साझेदारी रहेको उल्लेख गर्दै उनले नेपाल सरकारले तय गरेका प्राथमिकता अनुरुप र दुवै देशका जनताको हितका निमित्त यो साझेदारीलाई अझ मजबुत बनाउन भारत सरकार सधैँ प्रतिबद्ध रहेको जानकारी दिएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन ४ २०८०११:०७:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend