बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images
आजको बिशेष

आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प

आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प

  • मिडिया डबली
  • आइतवार, भाद्र ३१ २०८०

  • 2.5K
    SHARES

  • आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प

    काठमाडौं - हेटौंडामा चिकित्सक कुटिएको घटनाको विरोध गर्दै नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको छ ।

    हेटौँडाको सन्चो अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको सांघातिक आक्रमणका दोषीलाई सरकारले कानूनी दायरामा नल्याएको भन्दै चिकित्सक संघ आन्दोलित भएको हो ।

    संघले शनिबार विज्ञप्ति जारी गर्दै आइतबार देशभरका अस्पालहरुमा आकस्मिक बाहेक सबै सेवा ठप्प पार्ने जनाएको हो । आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द रहने पनि संघले जनाएको हो ।

    विज्ञप्तिमा देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अविलम्ब मिलाउन समेत माग गरिएको छ । भदौ २७ गते सञ्चो अस्पतालका चिकित्सकद्वय प्रशान्त विडारी र विकास थापामाथि गत महिना उपचारका क्रममा मृत्यु भएका विरामीका आफन्तले आक्रमण गरेका थिए ।

    थापा र बिडारीमाथि भएको आक्रमणका दोषीलाई कानूनी दायरामा ल्याउन भन्दै संघले घटना भएकै दिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो । तर, दोषीहरूलाई पक्राउ गरी कानूनी कारबाही चलाउनुको सट्टा स्थानीय सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका जिम्मेवार व्यक्तिहरूले मेलमिलाप गराउन खोजेको पनि चिकित्सक संघले आरोप लगाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र ३१ २०८००९:२५:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend