सिन्धुली - सिन्धुली जिल्लाको भिमानमा बसपार्क निर्माण भएको छ । व्यवस्थित वसपार्कको निर्माण भएपछि सवारी साधन पार्किङ गर्न र यात्रुहरुलाई समेत प्रत्यक्ष रुपमा सुविधा पुगेको बताइएको छ।
वसपार्कको अभावले यात्रुहरुलाई असुविधा हुनाका साथै सडक दुर्घटना समेत बढ्दै गएको अवस्थामा वीपी र मदन भण्डारी राजमार्गको संगमस्थलमा व्यवस्थित बस पार्क निर्माण भएसंगै सहज रुपमा पार्किङको व्यवस्था भएको बताइएको हो।
वागमती प्रदेश सरकार अन्तर्गत शहरी विकास तथा भवन कार्यालय सिन्धुलीको ४ करोड ३७ लाखको लागतमा वस पार्क निर्माण गरिएको जनाइएको छ।
वसपार्कमा टिकट काउण्टर, यात्रु विश्राम कक्ष, संचालक समितिको कार्यालय, आवास कक्ष, चौकिदार कक्ष, ग्यारेज, प्रतिक्षालय र बगैचा रहेको छ। यो वसपार्कमा एक सय वटा वस पार्किङ गर्न मिल्ने बताइएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।