बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

रेजिशा गोपाली मृत्यु प्रकरणमा जसको गल्ती भेटिए पनि कारबाही हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत

रेजिशा गोपाली मृत्यु प्रकरणमा जसको गल्ती भेटिए पनि कारबाही हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत

  • मिडिया डबली
  • आइतवार, भाद्र २४ २०८०

  • 9.2K
    SHARES

  • रेजिशा गोपाली मृत्यु प्रकरणमा जसको गल्ती भेटिए पनि कारबाही हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत

    काठमाडौं - स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणमा कसैले गल्ती गरेको भए दोषीमाथि कारबाही हुने दाबी गरेका छन् ।

    इजिप्टको राजधानी कायरोमा आयोजित जनसंख्या स्वास्थ्य तथा विकास सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै केही दिनअघि कान्ति बाल अस्पतालमा पाँच वर्षीया बालिका रेजिशा गोपालीको समयमा उपचार नपाउँदा मृत्यु भएको घटनाका दोषीमाथि कारबाही हुने बताए।

    ‘उक्त घटना भएको समय म बाहिर भए पनि चासोका साथ हेरेको छु। मैले इजिप्टबाटै सचिवज्यूलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको थिएँ। जानाजान केही गल्ती भएको छ भने कारबाही हुन्छ,’ बस्नेतले भने ।

    मकवानपुरकी पाँच वर्षीया बालिका रेजिशाको कान्ति बाल अस्पतालमा इमर्जेन्सीको टिकट लिन दुई घन्टा ढिला हुँदा मृत्यु भएको थियो । इमर्जेन्सीमै रहेकी उनको उपचारमा चिकित्सक र नर्सले लापरवाही गरेका थिए ।

    पछि टिकट काट्छु पहिले उपचार गरिदिन भनेर रेजिशाका हजुरबुबाले अनुनय विनय गर्दा पनि चिकित्सक र नर्सले उपचार गर्न मानेका थिएनन् । जसकारण रेजिशा अस्पतालमै प्राणत्याग गर्न विवश भएकी थिइन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २४ २०८००१:१३:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend