काठमाडौँ- एनआईसी एशिया बैंकले ‘फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ ।
डिजिटल बैंकिङ्गमा मुलुकको अग्रणी स्थान बनाउँदै आएको बैंकले कनेक्ट आईपीएससँगको सहकार्यमा अफर सार्वजनिक गरेको हो ।
अफर अन्तर्गत हरेक हप्ता एक जना भाग्यशाली मोबाइल बैकिङ्ग प्रयोगकर्ताले स्मार्टफोन जित्न सक्ने छन् । त्यसका लागि ग्राहकले बैंकको मोबाइल बैकिङ्ग एप प्रयोग गरेर कनेक्ट आइपीएसमार्फत फण्ड ट्रान्सफर गर्नु पर्नेछ ।
यो अफर यही भदौ १७ गतेबाट असोज २० गतेसम्म लागू हुने बैंकले जनाएको छ । बैंकका अनुसार आइतवारदेखि शनिवारको अवधिलाई एक हप्ता मानिने छ । उक्त समयमा ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरिने छ ।
साथै विजेताको जानकारी बैंकको आधिकारिक सामाजिक सञ्जालहरू मार्फत सार्वजनिक गरिने बैंकले जनाएको छ । २४ लाखभन्दा बढीको संख्यामा रहेका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले कनेक्ट आईपीएसमार्फत प्रति दिन ३ लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सक्ने बैंकले जनाएको छ । एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकमध्येको बैंक हो ।
यस बैंकले मुलुकभर ३६० शाखा कार्यालय, ६०१ एटीएम, १०९ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखारहित बैंकिङ्ग सञ्जाल विस्तार गरेको छ ।
देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनताले सेवा लिएका बैंकको दाबी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।