बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

चिनियाँ राजदूतको अभिव्यक्ति अमर्यादित, अकुटनीतिक, अनवारेन्टेड र अनकल छ : विजयकान्त कर्ण

चिनियाँ राजदूतको अभिव्यक्ति अमर्यादित, अकुटनीतिक, अनवारेन्टेड र अनकल छ : विजयकान्त कर्ण

  • मिडिया डबली
  • बुधवार, भाद्र २० २०८०

  • 4.8K
    SHARES

  • चिनियाँ राजदूतको अभिव्यक्ति अमर्यादित, अकुटनीतिक, अनवारेन्टेड र अनकल छ : विजयकान्त कर्ण

    काठमाडौँ- पूर्वराजदुत विजयकान्त कर्णले चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणपछि नेपालमा चिनियाँ गतिविधि बढेको दाबी गरेका छन् ।

    उनले भने,‘नेपालको विदेशी नीति सञ्चालन गर्ने नेपाल राज्य, नेपाल सरकार र नेपाली दल आँफै सक्षम छन् । हाम्रो सञ्चालनको तौरतरिकामा हामीले कसैलाई पनि टिकाटिप्पणी गर्न अधिकार दिएका छैनौं । हाम्रा प्रत्येक देश १८५ देशसँग दौत्य सम्बन्ध छन् । भारत र चीन हाम्रा दुई छिमेकीहरुसँग सुमुधर सम्बन्ध छ ।

    केही वर्ष यता के देखियो भन्यो आफ्नो विषयवस्तुलाई, आफ्नो विषयमा उठेका प्रश्नहरुलाई प्रतिउत्तर दिनुभन्दा अरु मुलुकसँग नेपालको सम्बन्धमा मित्रराष्ट्र चीनका परराष्ट्रमन्त्री र राजदूतले बोल्न थाले । नेपालका लागि चिनियाँ राजदूतले आइतबार बोलेको कुरा मैले सुनेको थिइनँ ।

    १९६० मा भारत र चीनबीचको युद्धको बेलामा पनि राजदूतहरुबीच नेपालमा पनि केही वाकयुद्ध भएको थियो कि भनेर हेरेको थिएँ । केही पनि भएको रहेनछ ।

    त्यो बेलामा पनि उनीहरु बोलेनन् । सन् २०२० मा गल्वानमा चीन र भारतबीच युद्ध हुँदा यहाँ नेपालमा भएका भारत र चीनका राजदूतहरु कोही बोलेनन् ।

    तर २०२०÷०२१ तिर जब हामीले एमसीसी एग्रिमेन्ट पार्लियामेन्टबाट अनुमोदन गर्न थाल्यौं, चीनको परराष्ट्र मन्त्रालय बोल्न थाल्यो । आइतबार जुन चिनियाँ राजदूतले बोल्नुभएको छ, त्यो अमर्यादित, अकुटनीतिक र एकदमै अनवारेन्टेड र यस्तो अनकल भन्छ अंग्रेजीमा । त्यस्तो किन उनले किन बोले ? मैले बुझ्न सकेको छैन् ।’

    उनले चिनियाँ राजदूतको यस्तो अभिव्यक्तिको अर्थपनि केलाए । उनले भने,‘चिनियाँ राजदूतले तीन वटा कुरा गरे । पहिलो कुरा उनले वर्तमान प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई नेगेट गरे । अस्विकार गरे । नेपालमा विद्युत लगानी गर्न हाम्रो पाइभेट सेक्टर र निजी सेक्टरको कुरा हो, १० हजार मेगावाटको लागि अब, कमसेकम हामीे २० हजार मेगावाट विद्युत उत्पादन गर्नुपर्छ । त्यसको लागि अन्तर्राष्ट्रिय समूदायलाई नेपालले कल गरेको छ, त्यसमा उनले कमेन्ट गरेका छन् । तेस्रो कुरा उनले नेपालको निर्यात र आयातमा कमेन्ट गरेका छन् ।’

    उनले सन् २०१९ को अक्टोबरमा नेपालमा चिनियाँ राष्ट्रपतिको भ्रमणपछि चिनियाँ राजदूतहरुको गतिविधि नेपालको आन्तरिक राजनीतिमा सिधै प्रभाव पार्ने खालका गतिविधि देखिएको टिप्पणी गरे ।

    उनले भने,‘दुई कम्युनिष्ट एक पार्ने कुरादेखि, यो भन्दा अगाडिको राजदूत राति १२ बजे राष्ट्रपतिलाई भेट्ने, विहान ७ बजे प्रधानमन्त्रीलाई भेट्ने, ९ बजे प्रचण्डलाई भेट्ने अनि १० बजे माधव नेपालालई भेट्ने काम भए । यस्तो खालको गतिविधि दुनियाँमा कहीँ देखिएको थिएन । चिनियाँ राजदुत र चिनियाँ नेताहरुको गतिविधि देखिएको थियो । हाम्रा नेताहरु चीन गएर आएपछि चीनले एक होउ भनेको कुरा गरेका छन् । यो पनि आन्तरिक मामिलामा हस्तक्षेप हो । भुकम्पको बेलामा रोकिएको तातोपानी नाका अवरोध भयो ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र २० २०८००४:३१:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend