काठमाडौं - नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि राजधानीमा दिउँसै खुकुरी प्रहार भएको छ ।
बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी भएका यादवमाथि तीन चारजनाको समूहले खुकुरी प्रहार गरेको हो ।
खुकुरी प्रहारबाट यादव घाइते भएका छन् । प्रहरीले खुकुरी प्रहार गर्ने केही युवालाई नियन्त्रणमा लिएको छ । यादव तरुण दलका पूर्वअध्यक्ष पनि हुन् ।
नेता यादवलाई अहिले वीर अस्पताल लगिएको छ । साक्षात्कार कार्यक्रममा सहभागी भएर बाहिर निस्कने क्रममा उनीमाथि खुकुरी प्रहार भएकाे हाे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।