बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

नेपालको १० हजार मेगावाट विद्युत् खरिद गर्न भारतलाई बाटो खुल्यो

नेपालको १० हजार मेगावाट विद्युत् खरिद गर्न भारतलाई बाटो खुल्यो

  • मिडिया डबली
  • मंगलवार, भाद्र १९ २०८०

  • 3.1K
    SHARES

  • नेपालको १० हजार मेगावाट विद्युत् खरिद गर्न भारतलाई बाटो खुल्यो

    काठमाडौं - भारत सरकारको मन्त्रिपरिषद्‌ बैठकले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

    भारतका लागि नेपाली राजदूत डा. शंकप्रसाद शर्माले भारत सरकारले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

    गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा भारत भ्रमणका क्रममा विद्युत् व्यापारसम्बन्धी दुईपक्षीय सहमति भएको थियो ।

    प्रधामन्त्रीको भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीले भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् किन्ने घोषणा गरेका थिए ।

    सोही घोषणा त्यहाँको सरकारले स्वीकृत गरेको हो । भारतीय मन्त्रिपरिषद्को निर्णयसँगै अब नेपालबाट बिजुली खरिदका विषयमा थप अध्ययन र गृहकार्य थालिनेछ ।

    प्रचण्डको भारत भ्रमणका बेला दुवै प्रधानमन्त्रीको उपस्थितिमा फुकोट कर्णाली र तल्लो अरुण निर्माणका लागि एमओयू भएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र १९ २०८००४:२६:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend