बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

आफ्नो सीमा नाका सधैं बन्द गर्ने चिनियाँ राजदूतलाई भारतसँग नेपालको विद्युत व्यापारले दुख्यो टाउको

आफ्नो सीमा नाका सधैं बन्द गर्ने चिनियाँ राजदूतलाई भारतसँग नेपालको विद्युत व्यापारले दुख्यो टाउको

  • मिडिया डबली
  • मंगलवार, भाद्र १९ २०८०

  • 2.1K
    SHARES

  • आफ्नो सीमा नाका सधैं बन्द गर्ने चिनियाँ राजदूतलाई भारतसँग नेपालको विद्युत व्यापारले दुख्यो टाउको

    काठमाडौं - चीनले आफूलाई सधैं नेपालको हितैषी ठान्दै आएको छ । तर व्यवहार उसले सधैं शत्रु देशको जस्तै गर्दै आएको छ ।

    भूकम्पपछिको आठ वर्षसम्म चीनले नेपालका अधिकांश सीमा नाका बन्द गरेको छ । भर्खर तातोपानी र रसुवागढी नाका खोलेको छ ।

    चीनबाट सामान पठाउने तर नेपालबाट नलैजाने उसको नीतिका कारण व्यापार घाटा उच्च बन्दै गएको छ । आफूले छिमेकीको जस्तो व्यवहार नगर्ने तर अरुसँग नेपालको राम्रो सम्बन्ध भएको देखी नसहने चीनको प्रवृत्ति छ ।

    नेपालका लागि चिनियाँ राजदूत छन सोङले फेरि एकपटक यो चरितार्थ गरेका छन् । उनलाई नेपाल र भारतबीचको विद्युत व्यापारले निकै टाउको दुखेको उनले दिएको अभिव्यक्तिले पनि पुष्टि गर्छ ।

    सोङले नेपाल र भारतबीचको सम्बन्ध र नेपालको आर्थिक अवस्थाप्रति दिएको अभिव्यक्ति विवादामा तानिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कूटनीतिक मर्यादाविपरीत नेपाल–भारतबीचको सम्बन्ध र व्यापारमा खलल पुर्‍याउनेगरी टिप्पणी गरेका हुन्।

    नेपालले भारतभन्दा चीनको अर्थतन्त्रबाट आर्थिक समृद्धि हासिल गर्नसक्ने उनले दाबी गरेका छन् । ‘नेपालले भारतलाई गत आर्थिक वर्षमा दस अर्बको विद्युत निर्यात गर्‍यो जबकि नेपालले भारतबाट १९ अर्बको विद्युत आयात गर्‍यो। भारतसँग भइरहेको विद्युत व्यापारबाट नेपालले घाटा व्यहोरी रहेको छ। यस्तो अवस्थामा नेपाल कसरी आत्मनिर्भर बन्छ ?’ उनले प्रश्न गरे। राजदूत सोङले नेपाल ऊर्जा क्षेत्रमा सक्षम रहे पनि उल्टै भारतबाट ठूलो पुँजीमा विद्युत आयात गरिरहेको बताए।

    ‘भारतसँगको विद्युत व्यापारमा नेपाल घाटामा छ। गर्व गर्ने क्षेत्रमै घाटा खाइरहेको नेपालले अर्थतन्त्रमा कसरी आत्मनिर्भर बन्नसक्छ ?’ उनले थपे। उनले नेपालले कृषि क्षेत्रमा पनि भारतबाट अर्बौंको कृषि उत्पादन आयात गरिरहेको बताए। ‘आर्थिक वर्षको पहिलो महिनामै नेपालले सात अर्बको कृषि उत्पादन भारतबाट आयात गरेको छ। यसैलाई आधार मान्ने हो भने नेपालले भारतबाट एक वर्षमा एक खर्बको कृषि उत्पादन आयात गर्छ,’ उनले भने। सोङले अर्का देशको विषयमा गरेको टिप्पणी कूटनीतिक मर्यादाविपरीत भएको परराष्ट्रविद्हरूको भनाइ छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र १९ २०८०११:०७:४७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend