काठमाडौं - बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा आइतबारदेखि पक्राउ परेका प्रतिवादीहरूको थुनछेक बहस सुरु भएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको १३ नम्बर इजलासमा थुनछेक बहस भएको हो । यसअघि पक्राउ परेका १८ जना प्रतिवादीको बयान पनि यही इजलासका अधिकृतहरूले गरेका थिए ।
ललितानिवास जग्गा प्रकरणमा शिवजी भट्टराई, रुद्रकुमार श्रेष्ठ, मीनबहादुर गुरुङ,कलाधर देउजा, बालकृष्ण श्रेष्ठ,घमनकुमार कार्की, गोपाल कार्की र बेदप्रकास पौडेल पक्राउ परेका थिए ।
यस्तै,युवराज पौडेल,नारायणराज मिश्र,अरुणकुमार श्रेष्ठ, ध्रवप्रसाद अर्याल, बाबुराजा महर्जन, केशव तुलाधर, देवनारायण महर्जन, सकलानन्द महर्जन र लोकहरि घिमिरेलाई पनि पक्राउ गरिएको थियो ।
उनीहरूका विषयमा अब क्रमैसँग थुनछेक बहस हुनेछ । थुनछेक बहसका लागि शुक्रबार नै जिल्ला सरकारी वकिललाई खबर गरिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।