बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

'स्वदेशमै शिक्षा सबैको इच्छा' भन्ने मुल नारासहित यही भदौ ८ र ९ गते शैक्षिक मेला आयोजना हुदै

'स्वदेशमै शिक्षा सबैको इच्छा' भन्ने मुल नारासहित यही भदौ ८ र ९ गते शैक्षिक मेला आयोजना हुदै

  • मिडिया डबली
  • बिहिवार, भाद्र ७ २०८०

  • 2.8K
    SHARES

  • 'स्वदेशमै शिक्षा सबैको इच्छा' भन्ने मुल नारासहित यही भदौ ८ र ९ गते शैक्षिक मेला आयोजना हुदै

    काठमाडौं- 'स्वदेशमै शिक्षा सबैको इच्छा' भन्ने मुल नारासहित यही भदौ ८ र ९ गते शैक्षिक मेला आयोजना गरिने भएको छ।

    भिजन मिडिया इन्कर्पोरेसनले विगत ८ वर्षदेखि स्वदेशी शिक्षालाई प्रबर्द्धन गर्ने उद्देश्यका लागि शैक्षिक मेला सञ्‍चालन गर्दै आएको छ। यही मुद्दालाई निरन्तरता दिनका लागि यो वर्ष पनि भदौ ८ र ९ गते शैक्षिक मेला आयोजना गर्ने भएको हो।

    भिजन मिडिया इन्कर्पोरेसनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'विद्यार्थी अध्ययन गर्नलाई लाखौं खर्च गरेर लाखौंको संख्यामा विदेश गइरहेको डरलाग्दो तथ्यांक तपाई हाम्रो सामु छ, यसरी लाखौंको संख्यामा विद्यार्थी बाहिर जाने विभिन्‍न कारणमध्ये नेपालका विश्वविद्यालयले दिने शिक्षाको बारे जानकारी नहुनु र विश्वविद्यालय प्रति भ्रम पनि हो।

    त्यसैले नेपालका विश्वविद्यालय बारे जानकारी दिनु र स्वदेशी शिक्षाको प्रबर्द्धन गर्नु नै यो मेलाको उद्देश्य हो।' मेला दुई दिनसम्म चल्ने र मेलामा नेपालका काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, सुदूरपश्चिमाञ्‍चल विश्वविद्यालय तथा विभिन्‍न अन्तर्राष्ट्रिय विश्विविद्यालयसँग आवद्ध ५० भन्दा बढी क्याम्पसको सभागिता रहने पनि जनाइएको छ।

    मेलामा नेपाली विश्वविद्यालयमा पढाइ हुने र विश्व बजारमा माग भइरहेका विभिन्‍न बिषयहरु; बीबीए, एमबीए, एमएचएम बीआईटी, बीआईएम, बीएचएम, बीएचसीएम, बीटीटीएम, बीबीएम, बीएसडब्लु, बीबीएस, बीएस्सी सीएसआईटी, बीडेभ्सबारे विद्यार्थी ले निशुल्क परामर्श लिन पाउने छन्।

    स्वदेशी शिक्षाको प्रबर्द्धनलाई साथ दिनका लागि मेलामा सहभागी हुने प्रत्येक विद्यार्थीलाई खल्ती डिजिटल मिडियाको तर्फबाट फिल्म टिकट उपलब्ध गराइने पनि जनाइएको छ।

    मेला काठमाडौंको दरबारमार्गमा रहेको होटल अन्‍नपूर्ण ब्यांक्‍वेटमा सञ्‍चालन हुनेछ। भिजन मिडिया इनकर्पोरेसन र एजुकेसन डट कम आयोजक रहेको मेलालाई इन्स्टिच्युट अफ इन्टरनेशनल म्यानेजमेन्ट साइन्स कलेजले मुख्य प्रायोजन गर्ने पनि जानकारी गराइएको छ।

    367495731_2042886529390563_6609353748190879433_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ७ २०८०१०:५३:५३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend