आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ललितपुर करातेमा सर्वसम्मत कार्यसमिति, प्रदेश सभा सदस्य महर्जनले गरे उद्घाटन

ललितपुर करातेमा सर्वसम्मत कार्यसमिति, प्रदेश सभा सदस्य महर्जनले गरे उद्घाटन

  • मिडिया डबली
  • बिहिवार, भाद्र ७ २०८०

  • 2.4K
    SHARES

  • ललितपुर करातेमा सर्वसम्मत कार्यसमिति, प्रदेश सभा सदस्य महर्जनले गरे उद्घाटन

    काठमाडौं - ललितपुर जिल्ला सितोरियो कराते संघको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।

    जिल्ला प्रमुख डोजो लगनखेलमा बुधबार सम्पन्न अधिवेशनले बुद्धरत्न डंगोलको नेतृत्वमा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको हो ।

    अधिवेशन बागमती प्रदेश सभा सदस्य, राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष, करातेका पूर्वअन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जनले उद्घाटन गरेका थिए ।

    नेपाली कांग्रेसबाट बागमती प्रदेश सभाका सदस्य महर्जनले नयाँ कार्यसमितिलाई बधाइ दिँदै करातेको विकासमा लाग्न आग्रह गरेका छन् ।

    कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बुद्धिबहादुर श्रेष्ठ तथा उपाध्यक्षहरूमा रामचन्द्र महर्जन, बाबुराम श्रेष्ठ, सुरेन्द्र कपाली, विनोद सिलवाल, नन्दलाल श्रेष्ठ, हरि खड्का सर्वसम्मत भएका छन् ।

    सचिवमा सागर चित्रकार, सह–सचिवमा दिलबहादुर घलान, कोषाध्यक्षमा रविना सुवाल सर्वसम्मत भएका छन् । सदस्यहरूमा उमेश मल्ल, मनोज आचार्य, रोडन राना मगर, दावा छिरिङ तामाङ, घनश्याम चन्द, राजिव मास्के, सुलाभ घिमिरे र सलिना खड्गी सर्वसम्मत भएका छन् ।

    अधिवेशन प्रमुख अतिथि महर्जनले नेपालको खेलकुदको प्रतिष्ठा सितोरियो करातेले जोगाएको बताएका छन् । सितोरियो कराते खेल ७७ जिल्लामा डोजो रहेको छ ।

    अधिराज्यभरि १० लाखभन्दा बढि सितोरियो करातेका खेलाडी रहेको बागमती प्रदेश सभाका सदस्य महर्जनले बताए । आफू १२ वर्षको उमेरदेखि कराते खेलेर राष्ट्रिय खेलाडी, अन्तर्राष्ट्रिय खेलाडी, अन्तर्राष्ट्रिय रेफ्री हुँदै खेलकुद परिषदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्षसम्म भएको महर्जनले बताए ।

    कराते खेलसँग सम्बन्धित भएका कारण आफूलाई खेलाडीको रुपमा चिन्ने गरेको महर्जनले बताए । आफू चुनावमा होमिदा खेलाडीहरूको ठूलो सहयोग गरेको उनले बताए । महर्जनले आउँदो पुस्ता खेलाडीहरूलाई पनि यसरी आफू जस्तै जनताको सेवामा समर्पित रहन आग्रह गरेका छन् । त्यसमा आफ्नो पूर्णरुपमा सहयोग रहने उनले बताएका छन् ।

    ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा किक बक्सिङका पूर्वराष्ट्रिय च्याम्पियन विनोद महर्जनले ललितपुर जिल्लामा कराते विकास र बिस्तारको निमित्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न ललितपुर जिल्ला खेलकुद विकास समिति सहयोग गर्ने बताए ।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ अध्यक्ष तथा आठौं र नवौं साफमा स्वर्ण पदक विजेता दीपक श्रेष्ठले पछिल्लो समयमा नेश्नल कोचको भूमिका रहि दर्जनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेको बताए ।

    उनले अब आउने सितोरियो करातेको केन्द्रीय अधिवेशनमा पदाधिकारीको भूमिका रहि सितोरियो करातेलाई अन्तर्राष्ट्रिय जगतमा पहिचान गराउन आफू प्रतिबद्ध भएर लाग्ने श्रेष्ठले बताएका छन् ।

    अधिवेशनमा नेपाल कराते महासंघ केन्द्रीय सदस्य तथा आठौं साफ स्वर्ण पदक विजेता रवि महर्जन, ललितपुर कराते महासंघका अध्यक्ष दयाराम महर्जन आठौं साफमा स्वर्ण पदक विजेता तथा नेश्नल कोच गंगाराम महर्जन, आठौं साफ स्वर्ण पदक विजेता निता राई, दशौं साफमा रजत पदक विजेता अमृता शाक्य लगायत विभिन्न डोजोका सयौं प्रशिक्षकको उपस्थित रहेको थियो ।

    अधिवेशनको सभापति नेपाल कराते महासंघ केन्द्रीय सदस्य निवर्तमान अध्यक्ष गोपाल महर्जनले गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०३:५३:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend