बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

कोशी सरकार ढाल्न एमालेको खतरनाक ‘गेम प्लान’, दुई सांसदलाई दियो छुट्टी

कोशी सरकार ढाल्न एमालेको खतरनाक ‘गेम प्लान’, दुई सांसदलाई दियो छुट्टी

  • मिडिया डबली
  • सोमवार, भाद्र ४ २०८०

  • 3.6K
    SHARES

  • कोशी सरकार ढाल्न एमालेको खतरनाक ‘गेम प्लान’, दुई सांसदलाई दियो छुट्टी

    काठमाडौं- कोशी प्रदेश सरकार ढाल्न प्रमुख प्रतिपक्षी दल एमालेले खतरनाक गेम प्लान गरेको छ । जसकारण मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची अन्योलमा परेको छ।

    आजको प्रदेश सभामा मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यसूची थियो। कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले आफू बिरामी भएको भन्दै प्रदेश सभामा उपस्थित हुन नसक्ने भन्दै जानकारी गराएकी छन्।

    उनी सोमबार बिहानै विरामी भएको बहाना बनाएर काठमाडौं आइपुगेकी छन् । सभामुख र उपसभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्नका लागि संसद् नियमावली २०७४ को संशोधनसहितको नियम ११ मा अध्यक्ष मण्डल गठनको व्यवस्था छ।

    सोही नियमअनुसार कोशी प्रदेशसभामा नेपाली कांग्रेसका तर्फबाट इस्राइल मन्सुरी,राप्रपाका अम्बरबहादुर विष्ट, एमालेका मालती सुब्बा र माओवादीका गीता तिम्सिना अध्यक्ष मण्डलमा निर्वाचित भएका छन्। राप्रपाका विष्ट र एमालेकी सुब्बा आइतबारदेखि घरायसी काम परेको भन्दै बिदामा बसेका छन् ।

    अध्यक्ष मण्डलमा रहेका इस्राइल मन्सुरी गीताभन्दा ज्येष्ठ सदस्य हुन्। सत्ता पक्षकै सांसदलाई प्रदेश सभाको अध्यक्षता गर्न बाध्य बनाउन रणनीतिअनुसार एमालेले यस्तो रणनीति अख्तियार गरेको हो । प्रदेश सभामा सत्तापक्षका ४७ र विपक्षका ४६ जना छन् । एमालेका दुईजना र राप्रपाका एकजना बिदामा बस्नेवित्तिकै ४३ जना हुन्छ ।

    त्यसैले आजको बैठकमा विपक्षी दलका तीनजना सांसद अनुपस्थित भएमा मुख्यमन्त्री थापाले सहजै विश्वासको मत पाउने अवस्था छ । उपसभामुख दनुवार उपस्थित नभएको अवस्थामा नेपालको संविधान २०७२ को धारा १८२ को उपधारा ५ बमोजिम बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्नेछन् ।

    प्रदेश सभाका ज्येष्ठ सदस्य रोहितबहादुर कार्की, रामप्रसाद महतो, तारादेवी ढकाल, खड्गबहादुर बस्नेत र ज्ञानेन्द्र सुवेदीले बैठकमा उपस्थित नहुने सूचना आइतबार प्रदेश सभा सचिवालयमा दर्ता गराएका छन् ।

    किशोरचन्द्र दुलाल छोराको दीक्षान्त समारोहमा सहभागी हुन अमेरिका गएका छन् भने अर्का ज्येष्ठ सदस्य गोपालबहादुर विश्वकर्मा उपचारका क्रममा छन् ।

    ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्दा कांग्रेसका अमृतकुमार अर्यालले गर्नुपर्ने हुन्छ । उनले अध्यक्षता गर्दा मुख्यमन्त्री थापाले विश्वासको मत लिन असहज देखिन्छ । सत्ता गठबन्धनका लागि चाहिने बहुमत पुर्‍याउनकै लागि सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर गठबन्धनले उनलाई आर्थिक मामिला तथा योजनामन्त्री बनाइसकेको छ ।

    पदबाट राजीनामा दिएर वा बैठकमा अनुपस्थित रहेर उपसभामुख दनुवारले एमालेअनुकूल कदम चाल्न सक्ने आशंकामा सत्तापक्षले बैठकको अध्यक्षता गर्नुपर्ने अवस्था आउन नदिन ज्येष्ठ सदस्य गयानन्द मण्डलाई राज्यमन्त्री बनाइसकेको छ ।

    सोमबारको बैठकको अध्यक्ष उपसभामुख दनुवारले गरेको अवस्थामा मुख्यमन्त्री थापाले सजिलै विश्वासको मत पाउनेछन् । तर एमाले र राप्रपाका ज्येष्ठ सदस्यले अनुपस्थित हुने सूचना दर्ता गरिसकेको अवस्थामा सत्तापक्षले नै बैठकको अध्यक्षता गर्नुपर्ने परिस्थिति निर्माण हुँदै गएको छ । सोमबारको बैठकको कार्यसूची तयार गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक सोमबार बिहान ८ बजे बस्दै छ ।

    ९३ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक गरी सत्तापक्षसँग ४७ जना प्रदेश सभा सदस्य छन् । विपक्षमा भने नेकपा एमालेका ४० र राप्रपाका छ गरी ४६ जना प्रदेश सभा सदस्य छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र १५ २०८०१२:२६:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend