बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

कांग्रेस सांसद भण्डारीको आज पुनः जलेको हातको शल्यक्रिया गरिँदै

कांग्रेस सांसद भण्डारीको आज पुनः जलेको हातको शल्यक्रिया गरिँदै

  • मिडिया डबली
  • बुधवार, श्रावण ३१ २०८०

  • 1.9K
    SHARES

  • कांग्रेस सांसद भण्डारीको आज पुनः जलेको हातको शल्यक्रिया गरिँदै

    काठमाडौं - नेपाली कांग्रेसका नेता तथा सांसद डा.चन्द्र भण्डारी अस्पताल भर्ना भएका छन् ।

    उनी बुधबार बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका हुन् । फागुन ३ गते आफ्नै निवास बुद्धनगरमा ग्यास लिक भई आगलागी हुँदा उनी जलेर घाइते भएका थिए ।

    तीन महिना भारतको मुम्बईस्थित नेसनल बर्न अस्पतालमा उपचार गराएर फर्किएका भण्डारीको आज पुनः शल्यक्रिया गरिने भएको छ । उनको हात र पछाडिको भागको शल्यक्रिया हुन लागेको अस्पतालका प्रमुख प्रा.डा. शंकर राईले जानकारी दिए ।

    पूर्वनिर्धारित उपचार प्रक्रियाअनुसार नै उनको शल्यक्रिया गर्न लागिएको अस्पतालले जनाएको छ । उनको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकीमूलका चिकित्सक डा.तिमोथी स्प्रौलसमेत आएको राईले बताए ।

    नेता भण्डारीले आफ्नो उपचारका लागि राज्यले दिएको रकम पनि फिर्ता गर्ने घोषणा गरेकाले डा. स्प्रौल आफ्नै खर्चमा भण्डारीको शल्यक्रिया गर्न आएका जनाइएको छ ।

    डा.स्प्रौललाई परराष्ट्रमन्त्री एनपी साउद र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वागत गर्दै धन्यवाद ज्ञापन गरेको भण्डारीका सहयोगी वोधराज कँडेलले जानकारी दिए । भण्डारीको शल्यक्रिया स्प्रौलसँगै प्रा.डा. बिडी झा, डा. राई, सहप्राध्यापक किरण किशोर, डा.अनुप सुवेदी, डा. प्रदीप राजभण्डारी, डा. प्रविन गिरी, डा. निजिना ताम्राकार र मोहनकृष्ण डंगोलसहितको टोलीले गर्नेछ ।

    यसअघि कीर्तिपुर बर्न अस्पतालका प्रमुख डा. राईसँग परामर्श र निगरानीमै उनलाई फ्रन्टलाइनमा उपचार गराइएको थियो ।

    अस्पतालमा उनलाई फिजियो थेरामी, ड्रेसिङलगायतका उपचार गराइएको थियो । उनको उपचारका लागि अस्पतालले पनि शुल्क नलिने घोषणा गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण ३१ २०८०१२:३५:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend