काठमाडौं - माओवादी नेता कृष्णबहादुर महराका कान्छा छोरा राहुल महराले आफ्नो परिवारलाई जबर्जस्ती ढंगले सुन तस्करीमा जोडेको आरोप लगाएका छन् ।
सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले आफूहरू राज्यले गरिरहको अनुसन्धानलाई सघाउन तयार रहेकोसमेत बताएका छन्। झुटा आरोप लगाएर जबर्जस्ती आरोप पुष्टि गराउन खोज्न कार्य भइरहेको भन्दै उनले भर्त्सना गरेका छन्।
पछिल्लो समय मिडियाले भने आफ्नो राजनीति सक्न लागेको भन्दै आपत्ति जनाएका छन्। ‘पुष्टि नभएको र प्रहरीले अनुसन्धान गरिरहेको विषयमा बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोज्ने गलत कार्यको भत्र्सना गर्दछौं,’ उनले लेखेका छन्, ‘सञ्चारमाध्यामले पुष्टि नभएको विषयमा बारम्बार आरोप लगाएर जबर्जस्त पुष्टि गराउन खोज्नु गलत मात्र होइन, आफै न्यायालय बन्न खोज्नु हो।’ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को अनुसन्धान प्रतिवेदनमा राहुल महराले २३० पटकभन्दा बढी सुन तस्करी गिरोहसँग फोन सम्पर्क गरेको पुष्टि भएको छ ।
उनका बाबु कृष्णबहादुर महराले ३४ पटक फोन गरेको कल डिटेल नै सार्वजनिक भएको छ । उनले कोही व्यक्तिसँग सम्पर्क हुँदैमा आपराधिक कार्यमा लागेको नहुने जिकिर पनि गरेका छन् ।
‘हामीले यसअघि नै बिषय स्पष्ट पारिसकेका छौं कि कोही व्यक्तिसँग सम्पर्क हुँदैमा, केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको हो भनेर प्रचारबाजी गरिनु र समाचार लेखी भ्रमित पार्नु गलत हो। राज्यको निकायले अनुसन्धान गरिरहेको बिषयलाई हामीले पूर्णरुपमा सहयोग गर्ने कुरामा प्रष्ट पारेका छौं र प्रमाणित देखिए कानुनबमोजिम भागीदार हुनेछौ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।