काठमाडौं - एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्वदेश फर्किएका छन् । सोमबार बिहान उनी युरोप भ्रमण छोट्याएर उनी नेपाल फर्केका हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपाध्यक्ष राजेन्द्र पाण्डे, बेदुराम भुसाललगायतका नेताले स्वागत गरेका थिए । पत्रकार सम्मेलनमा माधवलगायत नेताको अनुहार मलिन देखिएको थियो ।
‘माधव नेपाल भाग्ने खालको मान्छे होइन भनेर बुझ्नुपथ्र्यो, तर्सेर भाग्ने खालको मान्छे माधव नेपाल हुँदै होइन । राजाले गिरफ्तार गर्दा त नभाग्ने मान्छे हुँ म । कुनै गल्ती नगरेको, अपराध नगरेको, भ्रष्टाचार नगरेको मान्छे किन डराउनु, किन भाग्नु ? कसैले चुनौती दिइसकेपछि सिधा सामना गर्ने मेरो बानी छ,’ उनले भने ।
नेपाल १५ दिने भ्रमणका लागि युरोप प्रस्थान गरेका थिए । तर बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा बयान दिनुपर्ने भएपछि उनी चाँडै स्वदेश फिर्ती भएका हुन् ।
नेपाल प्रधानमन्त्री भएका बेला बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने नीतिगत निर्णय भएको थियो ।
सर्वोच्च अदालतले नीतिगत निर्णय गर्ने मन्त्रिपरिषदका नेतृत्वकर्तालाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश दिएपछि नेपालसँग बयान लिन लागिएको हो ।
स्रोतका अनुसार माधव नेपालसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले माधव नेपाल र बाबुराम भट्टराईलाई निवासमै बयान लिने तयारी गरेको छ । माधव नेपालले आफूले कुनै गल्ती नगरेकाले नडराउने बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।