आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपालले एकाएक देश छाडेपछि सिंहदरबारमा शीर्ष बैठकमा गलफत्ती

माधव नेपालले एकाएक देश छाडेपछि सिंहदरबारमा शीर्ष बैठकमा गलफत्ती

  • मिडिया डबली
  • मंगलवार, श्रावण २३ २०८०

  • 2.4K
    SHARES

  • माधव नेपालले एकाएक देश छाडेपछि सिंहदरबारमा शीर्ष बैठकमा गलफत्ती

    काठमाडौं - बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले नीतिगत निर्णय गर्ने तत्कालीन प्रधानमन्त्रीहरूमाथि पनि अनुसन्धान गर्न आदेश दिएकै भोलिपल्ट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल युरोप उडेपछि नेपालको राजनीतिमा सनसनी मच्चिएको छ ।

    अघिल्लो दिनसम्म नेपालको विदेश जाने कुनै कार्यक्रम नभए पनि सोमबार बिहानै उनी युरोप उडेका थिए ।

    पार्टी सम्बद्ध प्रवासी नेपाली एकता मञ्चले स्विटजरल्यान्ड, स्पेन, क्रोसिया र बेलायतमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुन नेपाल टर्कीको इस्तानबुल हुँदै जेनेभा प्रस्थान गरेका हुन् ।

    विभिन्न देशमा आयोजना हुने कार्यक्रममा सहभागी भएर नेपाल भदौ १ गते स्वदेश फर्किने भएका छन् । नेपालको निजी सचिवालयले सर्वोच्च अदालतबाट आइतबार आएको आदेशबारे जानकार रहे पनि पूर्वनिर्धारित कार्यक्रम भएकाले नेपाल युरोप उडेको दाबी गरेको छ ।

    तर एकीकृत समाजवादीका एकजना पदाधिकारीलाई पनि नेपालको युरोप कार्यक्रमबारे जानकारीसमेत थिएन ।

    एक्कासि नेपालले उपाध्यक्ष बेदुराम भुसाललाई कार्यबाहक जिम्मेवारी दिएको भन्दै आफू १५ दिनका लागि युरोप उड्न लागेको भनेपछि सबै छक्क परेका थिए ।

    यसपटक नेपालले भुसाललाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएका छन् । पहिले प्रमेश हमाल र राजेन्द्र पाण्डेलाई नेपालले कार्यबाहक दिएका थिए ।

    माधव नेपाल एकाएक युरोप उडेको खबर मिडियाबाट थाहा पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसमेत आश्चर्यमा परेका छन् ।

    सोमबार सिंहदरबारमा बसेको तीन दलको शीर्ष बैठकमा सर्वोच्च अदालतले ललिता निवासको जग्गाबारे अनुसन्धान गर्न आदेश दिएको भोलिपल्टै नेपाल किन युरोप उडे भन्ने चासो व्यक्त भएको थियो ।

    यस विषयमा कांग्रेस सभापति देउवाले प्रधानमन्त्री प्रचण्डसँग जानकारी मागेका थिए । प्रचण्डले समेत आफूलाई केही थाहा नभएको बताएको बैठकमा सहभागी नेताहरूको भनाइ छ । पूर्वप्रधानमन्त्ती नेपाल स्वदेश फर्केलगत्तै पक्राउ पर्नसक्ने अनुमान गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २४ २०७८१२:४२:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend