बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

सेटिङमा सुन तस्करी, माओवादीलाई उम्कन नदिने ओलीको रणनीति

सेटिङमा सुन तस्करी, माओवादीलाई उम्कन नदिने ओलीको रणनीति

  • मिडिया डबली
  • मंगलवार, श्रावण १६ २०८०

  • 3.0K
    SHARES

  • सेटिङमा सुन तस्करी, माओवादीलाई उम्कन नदिने ओलीको रणनीति

    काठमाडौं - केही दिनयता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भइरहेको छ ।

    आइतबार र सोमबार लगातार दुई नेताबीच बालुवाटारमा भेटवार्ता भयो । तर कुनै निकास निस्कन सकेको छैन । मंगलबार प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

    आज पनि प्रचण्ड र ओलीबीच भेट हुने छ । नौ किलो र एक क्विन्टल सुन तस्करी गिरोहसँग माओवादी नेताको नाम मुछिएपछि अहिले ओली कुनै पनि हालतमा सजिलै छाड्ने मनस्थितिमा देखिएका छैनन् ।

    विगतमा पनि माओवादी नेताकै दबाबमा यो गिरोहले उन्मुक्ति पाउँदै आएको खुलेको छ । सुन तस्करीमा पक्राउ परेका दावा छिरिङसँग माओवादी नेताहरू वर्षमान पुन, नन्दबहादुर पुन, ओनसरी घर्ती तथा नौ किलो सुन गायब भएको प्रकरणमा कृष्णबहादुर महरा र राहुल महरा जोडिएपछि एमालेले सत्ताकै सेटिङमा यस्तो धन्दा मौलाइरहेको निष्कर्ष निकाल्दै सदनलाई हतियार बनाएको छ ।

    जसकारण संसद् बैठक प्रभावित हुँदै आएको छ । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बोलाइएको छ।एमालेको अडानप्रति सत्तापक्ष असहमत भएपछि सरकारकै आग्रहमा सभामुख देवराज घिमिरेले बैठक मंगलबारका लागि सारेका हुन्।

    १०० किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै एमालेले गत बुधबार संसद बैठकमा अवरोध गरेको थियो।

    बैठकमा एमाले सांसदहरुले सुन तस्करी प्रकरणमा सरकारका मन्त्रीहरु नै सामेल भएको आरोप लगाउँदै उच्चस्तरीय छानबिन समिति गठनका लागि रुलिङ गर्न माग गरेका थिए।

    तर, सभामुखले शून्य समयको कारवाही अघि बढाउन खोजेपछि एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका थिए। एमालेले सत्ता पक्षकै मन्त्री र कर्मचारीको सेटिङमा सुन तस्करी भएको बताउँदै आएको छ।

    सत्ता पक्षकै नेताहरु तस्करीमा संलग्न भएकाले हालको अनुसन्धानबाट निष्कर्षमा पुग्न कठिन हुने उनीहरुको भनाइ छ। एमालेले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्नुलाई धेरैले उचित मानेका छैनन् ।

    सुन तस्करीमा संलग्न भएका र मुछिएका व्यक्तिलाई उन्मुक्ति दिन यस्तो माग गरिएको आशंका गरिएको छ । एमाले पनि दूधले नुहाएको पार्टी होइन । नेपालमा सुन तस्करी सुरु भएकै एमाले सरकारको पालादेखि हो ।

    अहिले सुन तस्करीमा लागेका व्यापारी सबै एमाले निकट हुन् । त्यही भएर ओलीले संसदीय समितिको माग गरेको बताइन्छ । तर सूक्ष्म ढंगले अनुसन्धान गरेमा माओवादीका एक से एक ठूला नेता तानिने भएकाले सजिलै छाड्न नहुने ओलीको भनाइ छ । सुनकाण्डमा कांग्रेस भने जोगिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend