काठमाडौं - नेपाली कांग्रेसका बागमती प्रदेश सभा सदस्य मिनकृष्ण महर्जन अहिले स्थानीय जनप्रतिनिधिसँग मिलेर विकास निर्माणको काममा लागिपरेका छन् ।
उनको दैनिकी नै आफ्नो निर्वाचनमा पर्ने स्थानीय तहमा कहाँ के कस्ता समस्या छन्, तिनको समस्या पहिल्याउने र समाधानका लागि जुट्नेमा बित्ने गरेको छ ।
खासगरी नेता महर्जनले अहिले ललितपुरको बागमती गाउँपालिकाका विभिन्न वडामा सञ्चालित विकासका काममा ध्यान दिएको जनप्रतिनिधिहरू बताउँछन् ।
उनले प्रदेश सांसदका रूपमा धेरै आयोजना र बजेट स्थानीय तहका लागि पारेका छन् । तिनै आयोजना निर्माण भए कि भएनन् ? बजेटको सही सदुपयोग भएको छ कि छैन भन्नेमा सांसद महर्जनले स्थलगत निरीक्षण गरिरहेका छन् ।
नेता महर्जन दैनिकजसो आफूमार्फत बजेट पारेको ठाउँमा निरीक्षण गर्नुका साथै नयाँ बजेट पारेको ठाउँ स्थलगत निरीक्षण गर्ने गरेको र विभिन्न मन्त्रालयमार्फत बजेट ल्याउने गरेको स्थानीय बताउँछन् ।
बागमती गाउँपालिका–३ वडाध्यक्ष नवराज खड्का महर्जन जस्तो जनप्रतिनिधि पाउनु आफ्ना लागि गौरवको कुरा रहेको बताउछन् । ‘मीनकृष्ण विकास निर्माणमा मात्र नभई हरेक जनताको दुःख–सुखको सारथिको रुपमा रहेका छन्,’ उनले भने, ‘कसैलाई समस्या पर्दा उक्त समस्याको समाधान गरिदिनु हुन्छ। त्यसैले स्थानीय उहाँ जस्तो जनप्रतिनिधि पाउनु हामी गर्वको विषय भएको ठान्छन् ।’
बागमती गाउँपालिका–६ वडाध्यक्ष नारायण भोम्जनको धारणा पनि खड्काकै जस्तो छ । उनले पनि नेता महर्जनको विकासका लगाव देखेर प्रशंसा गरे।
२०७४ मा प्रदेश सभा निर्वाचनमा एमाले–माओवादी गठबन्धनका बाबजुद पनि एमालेका चेतनाथ सन्जेलसँग झिनो मतले पराजित भएका महर्जन २०७९ मंसिर ४ गते भएको निर्वाचनमा सन्जेललाई सानदार मतका साथ पराजित गरेका थिए। खेलकुद पृष्ठभूमिका नेता महर्जन राष्ट्रिय खेलकुद परिषद पूर्वकोषाध्यक्ष, करातेका पूर्वअन्तर्राष्ट्रिय खेलाडी, अन्तर्राष्ट्रिय रेफ्रीसमेत हुन् ।
उनले सयौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेका छन् । नेता महर्जन ललितपुर जिल्लामा लोकप्रिय कांग्रेस नेताको रुपमा परिचित छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।