बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

ओली, प्रचण्ड र माधव एकै समयमा विदेशमा, के हुँदैछ राजनीति ?

ओली, प्रचण्ड र माधव एकै समयमा विदेशमा, के हुँदैछ राजनीति ?

  • मिडिया डबली
  • आइतवार, श्रावण ७ २०८०

  • 2.5K
    SHARES

  • ओली, प्रचण्ड र माधव एकै समयमा विदेशमा, के हुँदैछ राजनीति ?

    काठमाडौं - संयोग भनौं वा आकस्मिक नेपालका तीन ठूला कम्युनिस्ट पार्टीका अध्यक्ष एकै समयमा विदेश भ्रमणमा रहेका छन् ।

    एमाले अध्यक्ष केपी ओली पाँच दिनदेखि कम्बोडिया भ्रमणमा छन् । उनी एक दर्जन नेताहरूका साथमा उनी त्यहाँको निर्वाचनको पर्यवेक्षण गर्न गएका हुन् ।

    प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार इटाली भ्रमणमा निस्केका छन् । प्रचण्ड संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाइटेड नेशन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ मा भाग लिन त्यसतर्फ प्रस्थान गरेका हुन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आइतबार इन्डोनेसिया जाँदै छन् ।

    एक महिनामा यो उनको तेस्रो विदेश भ्रमण हुनेछ । ओली, प्रचण्ड र नेपाल एकै समयमा फरक फरक देशमा हुनेछन् । जसकारण अहिले नेपालमा पोलिटिकल गतिविधि ठप्प छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने नेपालमै छन् ।

    कांग्रेसको केन्द्रीय समिति बैठकमा उनी व्यस्त छन् । विश्वस्त स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह अहिले सिंगापुर गएका छन् ।

    चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा छोङछिङ सहरका पार्टी प्रमुख एवं सचिव युआन च्या च्युन कोलम्बोबाट नेपाल आउन लागेका बेला ओली, प्रचण्ड र नेपाल सबै मुलुक बाहिर रहने देखिएको छ । रकेट वैज्ञानिकसमेत रहेका चिनियाँ नेता युआन श्रीलंकाको भ्रमण सकाएर आउन लागेका हुन् ।

    अब चिनियाँ नेताले कांग्रेस सभापति देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र सभामुख देवराज घिमिरेसँग मात्र भेट गर्ने भएका छन् ।

    प्रधानमन्त्री प्रचण्ड र संसदमा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओली विदेश भ्रमणमा निस्केपछि नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया सुरु हुन सकेको छैन ।

    प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले साउन तेस्रो सातादेखि अवकाशमा गएपछि रिक्त हुने पदमा नियुक्तिको मार्ग पनि अवरुद्ध भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend