काठमाडौं - जसपा अध्यक्ष उपेन्द्र यादवमा कम्युनिस्ट मोह देखिएको छ । हुन त कम्युनिस्टबाटै राजनीति सुरु गरेका उपेन्द्र एमाले र माओवादी हुँदै मधेसी जनअधिकार फोरम गर्न आइपुगेका हुन् ।
अहिलेसम्म पार्टीको लोगो र झन्डा फेर्दै आएका उनले जसपाको झन्डा र लोगो फेर्ने भएका छन् । जसपाले संशोधनसहित तयार भएको विधानलाई प्रमाणीकरण गर्दै पार्टीको नयाँ झन्डा र लोगो बनाएको हो।
असार १० देखि १२ गतेसम्म चलेको विधान अधिवेशनमा पार्टीको विधान मस्यौदा प्रस्तुत गरिएको थियो। त्यसमा छलफल हुँदा आएको सुझावका आधारमा जसपाका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा गठन भएको एक समितिले विधानलाई अन्तिम रूप दिई त्यसलाई बिहीबार प्रमाणीकरण गरेको छ। प्रमाणीकरण गरिएको विधानअनुसार पार्टीको झन्डा र लोगो परिवर्तन गरेको छ।
यसअघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रंगको पृष्ठभूमिमा सेतो ताराको सट्टा अहिले रातो पृष्ठभूमिमा सेतो तारा राखिएको छ। यसअघिको पार्टीको लोगोमा पनि परिवर्तन गरिएको छ।
जसअनुसार पहिलेको लोगोमा मुठ्ठीसहितको हात राखिएको छ। उपेन्द्र अहिले समाजवादी मोर्चामा छन् । मोर्चामा माओवादी, एकीकृत समाजवादी र नेकपा सामेल भएकाले आफूलाई कम्युनिस्ट जस्तै बनाउन उनले जसपाको झन्डा फेरेको हुनसक्ने बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।