काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र विवाद चर्किएका बेला अध्यक्ष उपेन्द्र यादवविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ ।
यसअघि कोरोना भाइरस संक्रमणको महामारीका बेला रिट दर्ता गर्न सर्वाेच्चले अस्वीकार गरेको थियो । लुम्बिनी प्रदेशका जसपाका ४ सांसदलाई अध्यक्ष उपेन्द्र यादवले कारवाही गरेपछि उनीविरुद्ध रिट परेको हो ।
कारवाही गरिएका जसपा ४ सांसदले आफूहरुमाथिको कारवाही उत्प्रेषणको आदेश बदर गर्न माग गरेका छन् । पार्टी निर्णय विपरीत सांसदहरू मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका भन्दै कारवाही गरिएको थियो । सांसदमाथिको कारवाहीलाई अर्का अध्यक्ष महन्थ ठाकुरले भने फर्जी निर्णय भनेका थिए ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने क्रममा हस्ताक्षर गरेका भनिएका सांसदहरु पोखरेल नेतृत्वको सरकारमा सहभागी भएपछि जसपाको उपेन्द्र यादव पक्षले सांसदमाथि कारवाही गरेको हो । उपेन्द्र पक्षको कारवाहीलाई सदर गर्दै प्रदेशसभा सचिवालयले कारवाहीबारे सूचनापत्रमा प्रकाशित गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।