आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

उपेन्द्र यादव र राजेन्द्र लिङ्देनको पार्टीमा राम्रा नेता भेटिएनन्, श्रीमान्–श्रीमती नै मेयर र उपमेयरका उम्मेदवार

उपेन्द्र यादव र राजेन्द्र लिङ्देनको पार्टीमा राम्रा नेता भेटिएनन्, श्रीमान्–श्रीमती नै मेयर र उपमेयरका उम्मेदवार

  • मिडिया डबली
  • शुक्रवार, बैशाख १६ २०७९

  • 4.6K
    SHARES

  • उपेन्द्र यादव र राजेन्द्र लिङ्देनको पार्टीमा राम्रा नेता भेटिएनन्, श्रीमान्–श्रीमती नै मेयर र उपमेयरका उम्मेदवार

    काठमाडौं - देश स्थानीय तहको निर्वाचनको माहोलमा छ । चुनावी सरगर्मीले जिल्ला जिल्लामा माहोल तातेको छ । उम्मेदवारी दर्ता भइसके पनि दलबदल गर्ने क्रम रोकिएको छैन । अहिले पनि उम्मेदवार र उम्मेदवारका आकांक्षी नै पार्टी प्रवेश गर्न थालेका छन् ।

    यस्तो अवस्थामा सानादेखि ठूला भनिएका पार्टीमा पनि उम्मेदवार हुन योग्य मानिसको खडेरी परेको छ । यस्तै अवस्था देखिएको छ राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र उपेन्द्र यादव नेतृत्वको जसपामा ।

    दुवै दलले एकाघरका मात्र होइन, श्रीमान् श्रीमतीलाई नै स्थानीय तहको प्रमुख र उपप्रमुखको उम्मेदवार बनाएका छन् । संखुवासभाको खाँदबारी नगरपालिकामा एउटै पार्टीबाट श्रीमान् श्रीमतीले मेयर उपमेयरमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

    वैशाख ३० गते हुने पालिका तहको चुनावका लागि खाँदबारी नगरपालिकाको मेयरमा श्रीमान् सीताराम तिम्सिना र उपमेयरमा मैयादेवी चिमोरियाले उम्मेदवारी दर्ता गराएका हुन् । दुवैजनाले समाजवादी पार्टी नेपालको तर्फबाट उम्मेदवारी दिएका हुन् ।

    जिल्लामा ठूला पार्टीहरुमा टिकट ल्याउने विषयमा हानथाप र टिकट नदिएकै विषयमा पार्टी छोड्नेदेखि बागी उम्मेदवारी उठिरहेको समयमा तिम्सिना दम्पतीले भने मेयर उपमेयरकै टिकट हात पारेका छन् ।

    पूर्वशिक्षक समेत रहेका तिम्सिना जनता समाजवादी पार्टीको संघीय परिषदको केन्द्रिय सदस्यसमेत हुन् । पार्टीले दिएको जिम्मेवारी पूरा गर्न र खाँदबारी नगरपालिकालाई समृद्ध बनाउन आफ्नो उम्मेदवारी रहेको तिम्सिनाको भनाइ छ ।

    खाँदबारी नगरपालिकामा मेयर पदका लागि लागि तीनजना स्वतन्त्रसहित नौजनाले उम्मेदवारी दर्ता गराएका छन् । खाँदबारी नगरपालिका मेयरमा पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार नेपाली कांग्रेसका महेश थपलिया, उपमेयरमा माओवादी केन्द्रका दिव्यराज बरालको उम्मेदवारी परेको छ । एमालेबाट जितबहादुर घिमिरे र उपमेयर महेश्वराको उम्मेदवारी परेको छ ।

    त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका भरत राई र राष्ट्रिय जनमोर्चाका हेमकुमार गुरुङले मेयर पदमा मनोनयन दर्ता गराएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा सोमनाथ खनाल र उपमेयरमा हिरादेवी श्रेष्ठले मनोनयन दर्ता गराएका छन् ।

    यस्तै, बर्दियाको राजापुरका एक दम्पतीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नगर प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका छन् । राजापुर–३ चखखापुरका ५४ वर्षीय राममणि उपाध्याय र उनकी श्रीमती ४३ वर्षीया सम्झना उपाध्यायले प्रमुख र उपप्रमुखमा मनोनयन दर्ता गरेका छन् ।

    ०५४ सालदेखि ०५९ सालसम्म साविक राजापुर गाविसबाट राप्रपाबाट उपाध्यक्षमा निर्वाचित उपाध्याय यसपालि नगरप्रमुख र श्रीमती उपप्रमुख पदका लागि उम्मेदवार बनेका हुन ।

    ‘उम्मेदवारी दिन कोही पनि तयार नभएको होइन दर्जन बढी महिला उपप्रमुख पदका लागि तयार थिए । तर पार्टीका उच्चस्तरीय र तल्ला कार्यकर्ताको आग्रहमा हामीलाई उम्मेदवार बन्न आग्रह गरेपछि उक्त निर्णय गरेका हौँ,’ उनले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष १५ २०७८१२:३६:५१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend