बुधवार, चैत्र १५ २०७९Mar 29 2023

Logo
images

नयाँ मन्त्री नियुक्तिमा ढिलाइ गराउने त्यो डर, यस्तो छ भित्री रहस्य !

नयाँ मन्त्री नियुक्तिमा ढिलाइ गराउने त्यो डर, यस्तो छ भित्री रहस्य !

  • मिडिया डबली
  • मंगलवार, आश्विन ५ २०७८


  • नयाँ मन्त्री नियुक्तिमा ढिलाइ गराउने त्यो डर, यस्तो छ भित्री रहस्य !

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तारूढ गठबन्धनका दलभित्रै असहमति बढेको छ । 

    प्रधानमन्त्री देउवाले सरकार गठन भएको २ महिना बित्दा समेत सरकारलाई पूर्णता दिन नसकेको भनेर चौतर्फी आलोचना खेप्दै आइरहेका बेला सत्तारुढ मध्येको एकघटक जसपाले मन्त्रिपरिषद् विस्तारमा अझै ढिलाइ हुने संकेत गरेको छ ।

    images
    images

    प्रधानमन्त्री देउवाले सोमवार संसद् भवनबाट बाहिरिँदै गर्दा समेत सरकार विस्तार छिट्टै हुने प्रतिक्रिया दिएका छन् । उनले सत्ता गठबन्धन दलहरुसँग संवाद भइरहेको प्रतिक्रिया दिएका छन् ।

    ‘मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, गठबन्धन आवद्ध दलबीच संवाद हुँदैछ,’ प्रधानमन्त्री देउवाले सोमवार नयाँ बानेश्वरस्थित संसद् भवनबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग भने ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समेत यसअघि असोज ५ गतेभित्रै सरकारले पूर्णता पाउने बताएका छन् ।

    तर जसपा अध्यक्ष यादवले प्रधानमन्त्री देउवाको आशयको विपरीत प्रतिक्रिया दिए । यादवले सरकारले पूर्णता पाउन मन्त्रालयको टुंगो नै नलागेको र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारले पूर्णता नपाउने बताए । ‘सरकारले पूर्णता पाउन मन्त्रालयको भागबण्डा टुंगिनुपर्छ, त्यो अहिलेसम्म हुन सकेको छैन, यस्तै, राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभई सरकारले पूर्णता पाउँदैन,’ यादवले भने ।

    यादवले दल विभाजनसम्बन्धी अध्यादेशले दलहरुलाई अस्थिर बनाउने, विभाजन गर्ने तथा विकृति फैलाउने भएकाले त्यसको खारेजी पहिलो आवश्यकता भएको बताए । 

    सो काम सरकारले छिट्टै गर्ने भन्दै यादवले दलहरुलाई अस्थिर बनाउने, विभाजन गर्ने, विकृति फैलाउने, लोकतन्त्रलाई अस्थिर बनाउने अध्यादेशका पक्षमा आफ्नो दल नरहेको स्पष्ट पारे । अध्यादेश कायमै रहे मन्त्री हुन नपाएका असन्तुष्टले जसपा फेरि विभाजन गर्ने डर यादवलाई रहेको छ ।

    असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले सोही दिन कांग्रेसबाट २ र माओवादीबाट २ जनामन्त्री नियुक्त गरेका थिए । त्यसपछि प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्री नियुक्त गरेका थिए ।

    हाल सरकार ४ मन्त्री र १ राज्यमन्त्रीको भरमा चल्दै आएको छ ।

    देउवा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र माधव नेपालको तत्कालीन एमालेको पक्ष र राष्ट्रिय जनमोर्चाको सहयोगमा प्रधानमन्त्री बनेका थिए । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख ३१ २०७७०२:०१:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend