आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एनआईसी एशिया बैंकमा अनलाइनबाटै २ लाखसम्मको कर्जा लिन मिल्ने

एनआईसी एशिया बैंकमा अनलाइनबाटै २ लाखसम्मको कर्जा लिन मिल्ने

  • मिडिया डबली
  • बुधवार, श्रावण ३ २०८०

  • 1.9K
    SHARES

  • एनआईसी एशिया बैंकमा अनलाइनबाटै २ लाखसम्मको कर्जा लिन मिल्ने

    काठमाडौँ- एनआईसी एशिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा योजना प्रस्तुत गरेको छ ।

    ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ मुलुकको बैंकिङ क्षेत्रमा उत्कृष्ट सेवा तथा योजनाहरू ल्याइरहेको बैंकले (Online Loan against Fixed Deposit) नामको अर्को एक उत्कृष्ट योजना प्रस्तुत गरेको हो ।

    यस योजनाअन्तर्गत बैंकमा मुद्दती निक्षेप राखेका ग्राहकले मोबाइल बैंकिङ्ग एप वा वेबसाइट loan.nicassiabank.com बाट आवेदन दिई निक्षेपको ९० प्रतिशतसम्म वा अधिकतम रू. २ लाखसम्मको कर्जा तुरुन्तै प्राप्त गर्न सक्नेछन् ।

    ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङको प्रवद्र्धन गरिरहेको बैंकले ल्याएको यस कर्जाको लाभ लिन योग्य ग्राहकरूले मोबाइल बैंकिङ एप वा वेबसाइटमा उपलब्ध ‘Apply for Loan Against FD’ विकल्प जान सक्नेछन् ।

    उक्त विकल्प छनोट गरेपछि सिस्टमले आवेदनको मुद्दती खाताको विवरण र निजको खातामा उपलब्ध रकम तत्कालै जानकारी लिनेछ र यसपछि ग्राहक महानुभावहरूले आफूले चाहेको कर्जा रकमको विवरण भरेपछि रू. २ लाखसम्मको कर्जाको लागि आवश्यक विवरण भरेपछि ओटीपी कोड प्राप्त हुनेछ ।

    उक्त ओटीपी कोड हालेर सर्त मञ्जुरीमा क्लिक गरेर प्रविष्ट गरेपछि कर्जा रकम ग्राहक महानुभावहरूको खातामा तुरुन्तै जम्मा हुनेछ ।

    साथै यस योजनमार्फत २ लाखभन्दा माथिको कर्जाको हकमा भने ग्राहकले डिजिटल फर्म भरेर बैंकको शाखा कार्यालयमा गई आवश्यक प्रकृया पूरा गरेपछि कर्जा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, कार्तिक १७ २०७९०४:२५:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend