काठमाडौं - नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले तीन तहको संघीय संरचना आवश्यक नरहेको लागेमा पार्टीले दुई तहको संरचनाको नेतृत्व गर्नुपर्ने बताएका छन् ।
पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा प्रदेश सभापतिको रूपमा आफ्नो धारणा राख्दै उनले पार्टीको प्रस्तावमा प्रदेश कहीँ पनि नभेट्टाएको उल्लेख गर्दै कांग्रेसले दुई तहको संरचनाको नेतृत्व लिनुपर्ने बताएका हुन् ।
‘सबैको अस्तित्वलाई स्वीकारेर संविधान आएको हो । प्रदेश आवश्यक छैन भने कांग्रेसले दुई तहको संरचना हुनुपर्छ भनेर त्यसको नेतृत्व गरोस्,’ उनले भने । बानियाँले नयाँ पार्टीहरूको उदयको कारणबारे खोजी गर्नुपर्ने बताए । उनले निर्वाचन प्रणालीमा पनि सुधार गर्नुपर्ने बताउँदै भने, ‘नयाँ पार्टीहरूको उदय भएको छ यसको कारणको खोजी गर्ने कि नगर्ने ? निर्वाचन प्रणालीको कारणले अस्थिरता बढेको हो कि ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।