बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

काठमाडौंको फोहोर आजदेखि नउठ्ने, अब के हुन्छ ?

काठमाडौंको फोहोर आजदेखि नउठ्ने, अब के हुन्छ ?

  • मिडिया डबली
  • बुधवार, श्रावण ३ २०८०

  • 2.0K
    SHARES

  • काठमाडौंको फोहोर आजदेखि नउठ्ने, अब के हुन्छ ?

    काठमाडौं - काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयले अवरोध गरेपछि उपत्यकामा बुधबारदेखि फोहोर उठाउन छाडिएको छ ।

    नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेंसी नगरपालिकाका वासिन्दाले गत आइतबारदेखि फोहोर बोकेर गएका गाडीलाई बाटोमै रोक्न थालेपछि उपत्यकामा फोहोर उठाउन छाडिएको हो ।

    फोहोर उठाएपछि विसर्जन गर्न नपाइने भएपछि उपत्यकामा फोहोर संकलन गर्दै आएका निजी कम्पनीहरुले फोहोर उठाउन छाडेका हुन् ।

    यसैबीच, सर्वोच्च अदालतको आदेशपछि ककनी गाउँपालिकाले फोहोर लिएर जाने गाडीबाट शुल्क असुल्ने निर्णय स्थगित गरेको छ ।

    सर्वोच्चको आदेशको पालना गर्ने भन्दै ककनी गाउँपालिकाले फोहोरका गाडीहरुबाट पटके शुल्क असुल्ने निर्णय स्थगित गरेको हो ।

    ककनीले प्रति गाडी एक हजारदेखि १५ सय रुपैयाँसम्म शुल्क लिने निर्णय गरेकोमा त्यस विरुद्ध परेको रीटमा सर्वोच्चले शुल्क नउठाउन आदेश दिएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १ २०७९०९:४०:०४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend