काठमाडौँ - नेपालको शैक्षिक परामर्श (इक्यान) को नयाँ नेतृत्वका लागि शनिबार चुनाव हुँदैछ ।
अध्यक्षका लागि दुईवटा प्यानलसहित चारजना प्रतिस्पर्धी देखिएका छन् । असार ३० गते हुन गइरहेको इक्यानको महाधिवेशनमा अध्यक्षका लागि शेषराज भट्टराईले प्यानसहित उम्मेदवारीको घोषणा गरेका छन् ।
भट्टराईको समूहबाट उपाध्यक्षमा गीता सिवाकोटी, दयाराम थापा, श्रीराम पौडेल रहेका छन् । यो समूहबाट महासचिव दिपकराज भुसाल दोहोरिएका छन् ।
त्यस्तै, सचिवका लागि भावनाथ हुमागाई, रत्नबहादुर भट्टराई उम्मेदवार बनेका छन् । कोषाध्यक्षमा आशीष कार्की सहकोषाध्यक्षमा विकल्पराज पौडेल छन् ।
सदस्यहरूमा सुवर्ण बस्नेत, उमा खड्का, विजयकुमार बस्नेत, रमेश लुइँटेल, हेमराज थापा र गोविन्द खनाल छन् । इक्यानको अध्यक्षका लागि पूर्वअध्यक्ष विष्णुहरि पाण्डेले पनि आफ्नो प्यानल घोषणा गरेका छन्।
भुवन क्षेत्री, लक्ष्मण पौडेल र प्रकाश श्रेष्ठलाई उपाध्यक्ष उम्मेदवारका रूपमा अघि सारेका पाण्डेले महासचिवमा वासुदेव दाहाल, सचिवमा फिलिपकुमार डाँगी क्षेत्री र शिव त्रिपाठीलाई उम्मेदवार बनाउने तयारी गरेका छन्।
कोषाध्यक्षमा विनोदकुमार सुवेदी र सहकोषाध्यक्षमा हेमराज सिग्देलले उम्मेदवारी दिएका छन् । कार्यसमिति सदस्यका लागि आशीष रायमाझी, सुरज सिलवाल, मञ्जित ढकाल, सतिन्द्र झा, एसपी भट्टराई, साधना पुडासैनी, शिवप्रसाद अर्याल, सुमन शर्मा जमरकट्टेल र श्रीराम गिरीले उम्मेदवारी दिएका छन्। यस सस्थामा देशभरिका ६०० जना सदस्य रहेका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।