आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

स्वास्थ्यमन्त्री बस्नेतलाई विचौलियाको धम्की किन ?

स्वास्थ्यमन्त्री बस्नेतलाई विचौलियाको धम्की किन ?

  • मिडिया डबली
  • शुक्रवार, आषाढ २९ २०८०

  • 2.7K
    SHARES

  • स्वास्थ्यमन्त्री बस्नेतलाई विचौलियाको धम्की किन ?

    काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले दरबन्दीअनुसार डाक्टरहरू व्यवस्थापन गर्दा धम्की आएको बताएका छन् ।

    डाक्टरहरू व्यवस्थापन गर्दा आफ्नो सचिवालयलाई धेरै धम्की आउन थालेको उनको भनाइ छ । तर उनले आफूलाई भने अहिलेसम्म धम्की नआएको बताए ।

    बुधबार राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले दरबन्दी बाहिरी जिल्लामा भएका, तर काजमा स्वास्थ्य मन्त्रालयमा बस्न खोज्ने डाक्टरहरूको व्यवस्थापन गर्न जोखिम रहेको बताएका थिए ।

    दरबन्दीअनुसार डाक्टर व्यवस्थापन गर्ने काम आफूले पार लगाएरै छाड्ने उनको दाबी थियो । आठ सय डाक्टर यसअघिका मन्त्रीका पालामा काजमा मन्त्रालयमा बसेको पाइएको मन्त्री बस्नेतले बताए ।

    दरबन्दीअनुसारको काममा नगाएको भन्दै मन्त्री बस्नेतले सोमबार पत्रकार सम्मेलनमा दिएको अभिब्यक्तिलाई लिएर भ्रम पैदा गर्न खोजिएको छ ।

    उनले आफूलाई दरबन्दी भएका ठाउँमा चिकित्सकहरूले नपठाउन धम्की दिने गरेको मात्र होइन, यदि पठाइएमा आत्महत्या गर्नेसमेत बताएकाले डोरी पठाइदिन्छु मेरो कार्यालय अगाडि आत्महत्या गरे हुन्छ भन्ने व्यंग्य गरेका थिए ।

    तर, त्यसलाई ठूलो इस्यु बनाएर मन्त्री बस्नेतले नै आत्महत्या गर्न प्रोत्साहन गरेको भन्दै चिकित्सक संघले आपत्ति जनाएको छ ।

    मन्त्री भएको दुई महिनामा बस्नेतले स्वास्थ्य मन्त्रालय, विभाग, अस्पतालहरूमा गरेको कामबाट डराएर बिचौलियाहरूले धम्की दिन थालेको बताइन्छ ।

    बाहिर हेर्दा स्वास्थ्य क्षेत्र सेवामूलक देखिए जस्तो भए पनि यो क्षेत्रमा बिचौलियाको बिगबिगी छ । स्वास्थ्य क्षेत्रमा धेरै कमिसन हुने भएकाले पनि हिजो जमाएर बस्नेहरू हच्किएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ ५ २०७९१०:४६:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend