काठमाडौं - स्वास्थ्य मोहनबहादुर बस्नेतले दुई महिनाको अवधिमा तीन हजार ५२३ जनरल बेड बिरामीका लागि निःशुल्क गरेको उल्लेख गरेका छन् ।
आफू मन्त्री भएको दुई महिनाको उपलब्धि सार्वजनिक गर्दै उनले १६ वर्षदेखि नीतिगत बहसमा रहेको राष्ट्रिय स्वास्थ्य वित्त रणनीति २०८०\२०९० मन्त्रिपरिषद्बारा स्वीकृत भएको, नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०७९\८०\२०८७\८८ मन्त्रिपरिषदद्बारा स्वीकृत भएको, नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ सार्वजनिक गरेकोलगायतका कुरा आफूले गरेको उपलब्धीको सूचीमा समेटेका छन्।
मन्त्री बस्नेतले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप सुरुवात तथा सञ्चालन कार्यविधि स्वीकृत गरेको, बालबालिकामा हुने क्यान्सरमध्ये ३५ प्रकारका क्यान्सरको उपचार निःशुल्क गर्ने विषयमा छलफल भएको, स्वास्थ्य साझेदार संस्थाहरुसँग समन्वय गरेर स्वास्थ्य क्षेत्रमा सुधारका लागि छलफल भएको पनि उपलब्धिमा उल्लेख गरेका छन्।
स्वास्थ्यकर्मीलाई कामका आधारमा सम्मान गर्नेदेखि विदेश जाँदा दुर्गमका स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखिनेसम्मका बुँदा उपलब्धिमा समेटिएका छन्।
गरिब तथा विपन्न वर्गका नागरिकका लागि १० प्रतिशत बेड निःशुल्क व्यवस्था गर्न स्थानीय, प्रादेशिक र संघीयस्तरका सरकारी, निजी अस्पतालमा पत्राचार गरेको र अनुगमन गरेको मन्त्री बस्नेतले जनाएका छन् ।



मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।