बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

मनाङ एयरका क्याप्टेन चार वर्षअघिको दुर्घटनामा बाँचे, अहिले जीवन गुमाए

मनाङ एयरका क्याप्टेन चार वर्षअघिको दुर्घटनामा बाँचे, अहिले जीवन गुमाए

  • मिडिया डबली
  • मंगलवार, आषाढ २६ २०८०

  • 18.8K
    SHARES

  • मनाङ एयरका क्याप्टेन चार वर्षअघिको दुर्घटनामा बाँचे, अहिले जीवन गुमाए

    काठमाडौं - मंगलबार सोलुखुम्बुको लाम्जुरापासस्थित लिखुपिके गाउँपालिका–५ लम्चुराडाँडामा मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा क्याप्टेन चेतबहादुर गुरुङ र पाँचजना मेक्सिकन नागरिक छन् । मनाङ एयरको / एन–एमभी कलसाइन भएको हेलिकोप्टर रुखमा ठोक्किएर दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ।

    दुर्घटनाका प्रत्यक्षदर्शीसमेतले दिएको जानकारीलाई उद्धृत गर्दै सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले रुखमा ठोक्किएका कारण हेलिकोप्टर दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको बताए। मृत्यु हुने मेक्सिकनमा फर्नान्डो जी सिम्फुएनटेस्, स्माइल रिन्कोन, साब्ब्रिक्स गोन्जालेक्स, ओलाचुलुक्स गोन्जालेक्स र मारियाजोसे जी सेमेन्टस छन् ।

    चार वर्षअघि लुक्लामा भएको ठूलो दुर्घटनामा क्याप्टेन गुरुङ बाँचेका थिए । २०७६ वैशाख १ गते लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा समिट एयरको विमानले श्री एयर र मनाङ एयरको हेलिकप्टरलाई ठक्कर दिएको थियो ।

    त्यसबेला गुरुङले मनाङ एयरको हेलिकप्टर उडाएका थिए । गुरुङ हेलिकप्टरबाट निस्केको केही सेकेन्डपछि समिट एयरको विमानले हेलिकप्टरलाई ठक्कर दिएको थियो ।

    दुर्घटना श्री एयर र मनाङ एयरको हेलिकप्टर पूर्ण क्षतिग्रस्त भएका थिए । श्री एयरको हेलिकप्टर पार्किङमा थियो भने मनाङ एयर अवतरण गरेर गुरुङ बाहिरिन लागेका थिए । दुर्घटनामा समिट एयरका कोपाइलट सुजित लामा ढुंगाना र लुक्ला विमानस्थलमा कार्यरत् प्रहरी सहायक निरीक्षकद्वय रामबहादुर तामाङ र रुद्रनाथ श्रेष्ठले ज्यान गुमाएका थिए । तर गुरुङ भने बाँचेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ २६ २०८००२:०७:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend