काठमाडौं - नेपाली कांग्रेसका युवा नेता एवं बागमती प्रदेश सांसद मीनकृष्ण महर्जनले ललितपुर र खेलकुद क्षेत्रमा बजेट नछुट्याएको भन्दै आपत्ति जनाएका छन् ।
प्रदेश सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद महर्जनले विषय विज्ञता नभई मन्त्रालयल सम्हालेका मन्त्रीहरूकै कारण खेलकुद क्षेत्र उपेक्षामा परेको बताए ।
‘यहाँ कोही कोही मन्त्री छन् जो हामीसँग बोल्न पनि गाह्रो मान्छन् । हामीले बोलाउँदा पनि तर्केर हिँड्छन् । सत्ता पक्षकै सांसदहरूको पीडा हो यो,’ उनले भने, ‘सत्ता पक्षकै सांसदहरूले समेत बजेटमाथि छलफलमा भाग लिँदा ललितपुर र भक्तपुरको नाम लिन चाहेनन् । ललितपुरलाई दोस्रो कर्णाली भनिन्छ । तर यहाँ थोरै पनि बजेट छुट्याइएन ।’
उनले अहिले मन्त्री बनेकाहरू आफ्नो प्रयासले मात्र भएको जसरी सोचिरहेका छन् भन्दै सधैं मन्त्रीको कुर्सीमा बस्न सकिन्न भन्ने हेक्का राख्न पनि चुनौती दिए ।
सांसद महर्जनले आफू १२ वर्षकै उमेरदेखि खेलकुद क्षेत्रमा लागेको, कराँतेको राष्ट्रिय खेलाडी भएको, अन्तर्राष्ट्रिय रेफ्री र प्रशिक्षक भएको, हजारौं खेलाडी उत्पादन गरेको, राखेपको कोषाध्यक्षसमेत भइसकेकाले बागमती प्रदेश सरकारले ‘प्रदेशको सान’ भन्दै सम्मान गरे पनि अहिले खेलकुद क्षेत्रमा बजेट नछुट्याउँदा खेल क्षेत्रका मानिसहरूले सोधेको प्रश्नको जवाफ दिन नसकेको गुनासो गरे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।