आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कसले चलाउँछ गृह मन्त्रालय ?

कसले चलाउँछ गृह मन्त्रालय ?

  • मिडिया डबली
  • बुधवार, आषाढ १३ २०८०

  • 3.2K
    SHARES

  • कसले चलाउँछ गृह मन्त्रालय ?

    काठमाडौं - सोमबार बिहान एउटा दैनिक अखबारमा नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको भन्दै कांग्रेस नेतृ आरजु देउवा र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशन भन्ने समाचारले तरंग ल्यायो ।

    अन्य कुनै मिडियामा समाचार नआउनु र आर्थिक समाचार लेख्ने सो दैनिकमा राजनीतिक विषयमा समाचार आउनु आफैंमा आश्चर्य थियो।

    त्यो समाचारले दिनभरि हलचल मच्चाएपछि अपराह्नतिर गृह मन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै समाचार कपोकल्पित, भ्रामक र झुटो भएको भन्यो ।

    त्यसमा गृहमन्त्री श्रेष्ठले आरजु र सिटौलालाई पक्राउ गर्न निर्देशन नदिएको उल्लेख थियो । यो घटनाले गृह मन्त्रालय कसले चलाउँछ भन्ने शंका उब्जेको छ ।

    त्यही गृहमन्त्रीको हवाला दिँदै समाचार छापिन्छ । अनि दिउँसो त्यही मन्त्रालयले खण्डन गर्दै समाचार भ्रमपूर्ण रहेको भनेर आउँछ भने सरकार नै कसले चलाइरहेको छ भन्ने जनताले प्रश्न सोध्न थालेका छन् ।

    गृहमन्त्री श्रेष्ठ कहिल्यै पनि कांग्रेस र यसका नेतासँग राम्रो सम्बन्ध छैन । उनी कांग्रेसका नेतालाई मनै पराउँदैनन् । अहिले बाध्यताले गर्दा मात्र उनी संयुक्त सरकारमा रहेका हुन् ।

    अझै पनि उनी कम्युनिस्ट पार्टी मिलेर सरकार चलाउनुपर्छ भन्ने मान्यता राख्छन् । यही बेला कांग्रेसलाई खुइल्याउन सकिन्छ भनेर श्रेष्ठले सूचना दिएको हुन सक्ने गृह स्रोतले जानकारी दिएको छ ।

    नक्कली शरणार्थी प्रकरणमा कांग्रेसका नेता बालकृष्ण खाँण, आङटावा शेर्पा पनि सामेल भएकाले अन्य नेताको नाम मुछ्दा पार्टीको बदनाम गर्न सकिन्छ भन्ने बुझाई श्रेष्ठको रहेको बताइन्छ ।

    माओवादी नेता श्रेष्ठ चीनसँग नजिक मानिन्छन् । चिनियाँ स्वार्थमा निर्णय गर्ने भएकाले पनि उनले सधैं सत्तामा बस्ने अवसर पाउँदै आएका छन् ।

    तर आगामी निर्वाचनमा भने श्रेष्ठ प्रवृत्तिका नेताहरू सबै पाखा लाग्ने परिस्थिति सिर्जना हुँदै गएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ २० २०७८०७:४०:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend